दाङ,१ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘बिप्लव’ समूहका २१ जना नेतालाई पक्राउसँगै प्रहरीले महत्वपुर्ण दस्ताबेजसँगै ६ थान पेस्तोल समेत बरामद गरेको छ। बिहीबार राति राजपुर गाउँपालिका–४ मुङ्गेठा स्थित ज्ञानेन्द्रविक्रिम रानाको घरबाट नेकपा विप्लप समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘बीरजंग’सहित २१ जना लाई पक्राउ गरेको थियो।
उनीहरुको साथबाट प्रहरीले मेड इन युएसए लेखिएको म्याग्जिनमा २÷२ राउण्ड गोली लोड गरी राखेको २ थान पेस्तोल तथा चार थान कटुवा पेस्तोल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकारी बिनोदविक्रम शाहका अनुसार प्रहरीले ३०३ राईफलको गोली ५ राउण्ड, सुतली बम एक थान, २४ थान मोवाईल सेटसहित तीन लाख ८४ हजार पाँच सय ३० रुपैयाँ नगद नियन्त्रणमा लिएको छ ।
त्यस्तै केन्द्रीय समितिको आठौँ पूर्ण बैठकको राजनैतिक प्रस्ताव लेखिएको २५ पानाको तीन ठेली, नेपाल कम्युनिष्ट पार्टी परिपत्र र प्रेस विज्ञप्ती लेखिएको ४÷ ४ पानाको ६ ठेली र आर्थिक सहयोगका लागि तयार पारिएका ३० थान ठेली समेत बरामद गरेको छ।
नेकपाको राप्ती ब्युरोको बैठक सकेर सुतिरहेको अवस्थामा प्रहरीले २१ जना नेता कार्यकर्ताहरुलाई राति १ वजे घेरा हालेर पक्राउ गरेको थियो।
केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज चन्द्रबहादुर चन्द ९वीरजङ्ग०, राप्ती ब्युरो ईन्चार्ज केश बहादुर बाँठा मगर ९सुवास०, राप्ती ब्युरो एवम न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा ९सुन्दर०लगायतका नेताहरु पक्राउ परेका थिए।
RaptiSandesh RaptiSandesh