Home / Feature Breaking news / फर्म नविकरणकालागि मुख्यमन्त्रीलाई व्यवसायीकाे माग

फर्म नविकरणकालागि मुख्यमन्त्रीलाई व्यवसायीकाे माग

दाङ, १५ असाेज

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलसँग जिल्लाका व्यवसायीहरुले म्याद गुज्रीएका फर्महरु नविकरणको व्यवस्था गरिदिन माग गरेका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले वुधवार मुख्य मन्त्री पोख्रेललाइ ज्ञापन पत्र बुझाएर यस्तो माग गरेका हुन् ।

ज्ञापन पत्रमा घरेलु तथा साना उद्योग कार्यालय वाट लामो समय देखि म्याद गुज्रीएका फर्महरु नविकरण नहुँदा व्यवसायीहरुले बैक कारोबार गर्दा अत्यन्त समस्या भएकोले यथा सक्दो चाडो फर्म नविकरणको व्यवस्था गरि दिनुहुन आग्रह गरिएको छ ।

घोराही उपमहानगरपालीका वडा नं.३ मा औद्योगिक क्षेत्र निर्माणको लागि डि.पी.आर. समेत भई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजु , उद्योग मन्त्रालयवाट समेत उक्त क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गर्दा उपयूक्त हुने सिफारीस समेत भएकोले यथा सिघ्र ओद्योगिक क्षेत्र घोषणामा पहल गरि दिन,  उपभोक्ता लाई सहि नाप तौल गरेर बस्तु प्राप्त गर्ने अधिकारको सम्मान गर्दै दाङ जिल्लाको घोराहीमा नाप तौलको कार्यालय शाखा स्थापनाको लागि पहल गरि दिनु माग गरिएको छ ।

त्यसैगरेर नेपाल सरकार वाट २०७४ सालमा घोषणा भएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही को लागि प्रयाप्त वजेटको व्यवस्था मिलाइ प्रभावकारी सेवा प्रदान गर्नका लागि पहल गरि दिन माग गरिएको छ ।

 यसै गरेर तुलसीपुरमा इन्धन डिपो छिटो स्थापना तथा तुलसीपुरमा रहेको विमान स्थलको विस्तार समेत छिटो काम अगाडि वढाउन माग गरिएकोे दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भुसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*