Home / समाचार / छात्र फुटबल तथा छात्रा एथलेटिक्स प्रतियोगिता सुरू

छात्र फुटबल तथा छात्रा एथलेटिक्स प्रतियोगिता सुरू

दाङ, ७ फागुन ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) तुलसीपुरको आयोजनामा तेस्रो प्याब्सन छात्र फुटबल तथा दोस्रो प्याब्सन छात्रा एथलेटिक्स प्रतियोगिता सुरू भएको छ ।

आज दाङको बेलझुण्डीमा एक कार्यक्रमका बिच तेस्रो प्याब्सन छात्र फुटबल तथा दोस्रो प्याब्सन छात्रा एथलेटिक्स प्रतियोगिता सुरू भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख प्याब्सन दाङका अध्यक्ष तथा प्रमुख अतिथि निर्मल न्या‌‌‌‌‌ैपानेले खेललाई शिक्षासँग जोड्ने प्याब्सनको अभियान अन्तरगत खेलकुद कार्यक्रमलाई अगाडि बढाइएको बताए ।

स्वास्थ्यका लागि खेलकुद आवश्यक छ । अब खेलकुदलाई शिक्षासँग पनि जोड्न आवश्यक छ । राष्ट्रिय पाठ्यक्रमको अवधारणाले शिक्षासँग खेलकुदलाई जोडेको छ ।

यसै अन्तरगत प्याब्सनले विभिन्न खेलकुदसँग बालबालिकालाई जोड्दै लगेको छ ।झ न्यौपालेले बताए । कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल शिक्षक महासंघ तुलसीपुरका अध्यक्ष जितबहादुर थापा, अप्टिमिस्ट क्लब अफ तुलसीपुरका अध्यक्ष एकराज भण्डारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार, प्याब्सन तुलसीपुरका सल्लाहकार मानबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगितामा ३४ वटा विद्यालय सहभागी रहेका छन् । फुटबलमा ३४ वटा समूहबिच प्रतिस्पर्धा रहने छ ।

त्यस्तै छात्रा एथलेटिक्समा १००, २००, ४०० र ८०० मिटरको दा‌‌ैड, ४×१०० मिटरको रिले दौड तथा लङ जम्प लगायतका खेल रहेका छन् । प्रतियोगिता ७,८,९ र १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

उद्घाटन समारोहमा मार्चपास समेत गरिएको थियो । मार्चपासमा बाल अमृत इङलिस बोर्डिङ स्कुल प्रथम, सप्तरङ्गी इङलिस बोर्डिङ स्कुल द्वतीय तथा ज्ञानोदय इङलिस बोर्डिङ स्कुल तृतीय भएका थिए ।

साथै उत्कृष्ट पिटी प्रदर्शनमा आइडियल बोर्डिङ स्कुलले उपाधि जितेको छ र प्याब्सन तुलसीपुर नगर कमिटीका अध्यक्ष डम्बर डाँगीको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष विष्णु योगीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण सचिव कमल सापकोटाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*