Home / Feature Breaking news / सिन्धुली बस दुर्घटना : ५ जनाको मृत्यु, घाइतेलाई उद्धार गरिँदै

सिन्धुली बस दुर्घटना : ५ जनाको मृत्यु, घाइतेलाई उद्धार गरिँदै

ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी चिरञ्जीवी दाहालले बताए ।

उनका अनुसार बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो । अहिले उद्धारको काम भइरहेको र घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*