Home / Feature Breaking news / प्राज्ञिक विद्यार्थी परिषदको महाधिवेशन चैतमा

प्राज्ञिक विद्यार्थी परिषदको महाधिवेशन चैतमा

दाङ। प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आठौँ राष्ट्रिय महाधिवेशन आउने चैत्र महिनामा हुने भएको छ । परिषद्को यहि मंसिर १९, २० र २१ गते दाङको घोराहीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आउने चैत्रको २०, २१ र २२ गते बिराटनगरमा आठौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

परिषद् २५ बर्षमा प्रवेश गरेको बर्षलाई रजत जयन्ती बर्षका रुपमा मनाउने निर्णय गरेको परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन । रजत बर्षलाई विशेष बर्षका रुपमा मनाउन विभिन्न रचनात्मक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । जसअन्तर्गत राष्ट्रिय भावनाको जगाउनका लागि ‘एक संकल्प, राष्ट्रका लागि’ भन्ने मुल मर्मका साथ राष्ट्रिय कार्यक्रम गर्ने निर्णय गरेको महासचिव भट्टले जानकारी दिएका छन ।
यसैगरी रजत जयन्ती स्वागतका लागि परिषदको स्थापना दिवसका अवसरमा यहि मंसिर २४ गते देशका २५ प्रमुख स्थानमा एकसाथ रक्तदान गर्ने निर्णय गरेको छ । त्यसका लागि महासचिव सुरेन्द्रप्रसाद भट्टको संयोजकत्वमा २५ सदस्य रजत जयन्ती बर्ष राष्ट्रिय समन्वय समिति गठन गरेको छ ।

त्यसैगरी मंसिर २५ गतेदेखि पुस महिनाभर महिला सुरक्षा र सम्मानका लागि विशेष अभियान ‘मिसन साहसी’ अभियान देशभर सञ्चालन गर्ने निर्णय गरेको छ । महिलाहरुमाथि विभिन्न हिंसाका घट्नाहरु बढि रहेको समयमा कसरी आफ्नो सुरक्ष ागर्न सकिन्छ भनेर आत्मबल बढाउने गरि सिकाईने भएको महासचिव भट्टले जानकारी दिएका छन ।

बैठकले शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने भन्दै विभिन्न विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै योग्य, इमान्दार र क्षमतावान व्यक्तिलाई नियुक्त गर्नुपर्ने माग गरेको छ । साथै बैठकले पारित गरेका शिक्षा सम्वन्धी सुझावहरु सरकारलाई बुझाउने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*