Home / Feature Breaking news / भुपेन्द्र सुवेदीकाे कृति ‘बुवा नचिनेकाे जीवनको पेटारो’ कृतिकाे समिक्षा

भुपेन्द्र सुवेदीकाे कृति ‘बुवा नचिनेकाे जीवनको पेटारो’ कृतिकाे समिक्षा

दाङ, १४ माघ ।

साहित्यकार भुपेन्द्र सुवेदीले जीवनको पेटारो कृति ल्याएका छन् । यो उनको प्रथम कृति हो । आत्मकथा र लेखहरुको संग्रहलाई सुवेदीले जीवनको पेटारो नाम दिएर पुस्तक तयार पारेका हुन । पुस्तकको विमोचन वरिष्ठ साहित्यकाकार नारायणप्रसाद शर्मा र साहित्यकार तथा संस्कृती विज्ञ डा शिवकुमार सुवेदीले गरेका हुन । कार्यक्रम लेखक संघ दाङको आयोजनामा भएको थियो । कार्यक्रम लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता एवम संस्कृती विद डा शिवकुमार सुवेदीको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा वोल्ने बक्ताहरुले साहित्यकार सुवेदीले आफनो जीवनमा भोगेका विषय वस्तुहरुलाई आफनो पुस्तकमा उल्लेख गरेको बताएका थिए । उनीहरुले सुवेदीले रिटाय जीवनमा लेखनी कार्यलाइ निरन्तरता दिएको भन्दै आउदा दिनमा लेखनी कार्यलाइ निरन्तरता दिन सुझाव दिए । कार्यक्रममा सहभागिलाई स्वागत हरिप्रसाद पाण्डेले गरेका थिए । विमोचीत पुस्तकको समिक्षा पदम प्रसाद शर्माले गरेका थिए । कार्यक्रमको सहजिकरण गोविन्द पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*