Home / Feature Breaking news / म सरकारमा जान्न, अँध्यारो कोठाभित्र बसेर आलोपालो सरकार भनिए मानिँदैन : गगन थापा

म सरकारमा जान्न, अँध्यारो कोठाभित्र बसेर आलोपालो सरकार भनिए मानिँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई प्राप्त मत अपेक्षाकृत नभएको बताएका छन् ।

उनी संसदीय दलको नेताका लागि प्रतिष्पर्धा गरेका थिए ।

उनका प्रतिष्पर्धी रहेका देउवाले ६४ मत प्राप्त गर्दा थापाले २५ मतमात्रै प्राप्त गरेका थिए ।

“आज आएको मत अपेक्षाकृत होइन,” थापाले पत्रकारसँग कुरा गर्दै भने, “आज बिहान निर्वाचनको आचारसंहिता बनाउने क्रममा फोटो खिच्ने र संकेत गर्न हुँदैन भन्ने थियो । सांसदको शरीरमा मोबाइल छ कि छैन चेक गर्ने कुरा पनि भएन । जबर्जस्ती खिच्नुभयो । नियम बनाइसकेपछि नियमभित्र बाँधिनुपर्ने हो तर केही सांसद बाँधिनुभएन ।”

उनले आफू अब सरकारमा नजाने बताउँदै दलको नेताका लागि नै फेरि प्रयास गर्ने बताए ।

“म अहिले सरकारमा जाने विषयमा सोचेको छैन, दलको नेताकै लागि फेरि प्रयास गर्नेछु तर कांग्रेसको नाममा हुने कुनै पनि निर्णय पारदर्शी भएनन् र सम्बन्धित कमिटीभित्र छलफल भएनन् भने व्यक्तिगत निर्णय हुनेछ,” उनले भने, “अर्को पार्टीसँग कुनै समझदारी गर्छ भन्यो भने पार्टीसँग संस्थागत भए कांग्रेसले बोक्छ नभए आलोपालो भन्ने अँध्यारो कोठाभित्र गरिए कांग्रेसले बोक्दैन । हामीले मानिदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*