Home / Feature Breaking news / जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

दाङ, १९ भदौ । दाङमा जवरजस्ती करणी मुद्दामा पाँच बर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले १३ वर्षपछि पक्राउ परेको छ ।

शान्तिनगर गाउँपालिका–१ निवासी ३६ वर्षीय देविलाल भन्ने देवबहादुर डाँगीलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले गोप्य सूचनाका आधारमा डाँगीलाई पक्राउ गरेको थियो ।

प्रहरी नायव उपरिक्षक गौतमका अनुसार दाङ जिल्ला अदालतले प्रतिवादी डाँगीलाई २०६६ साल फागुन १२ गते जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय तोकेको थियो । प्रहरीले फरार अभियुक्त डाँगीलाई पक्राउ गरी कारवार्हीका लागि आइतबार जिल्ला अदालत घोराहीमा बुझाएपछि उनी कैद भुक्तानका लागि कारागार चलान भएका छन् ।

साथै प्रहरीले अपराधिक क्रियाकलाप गरि तथा घट्ना घटाई परार रहेर लुकिछिपी बसोवास गरिहेका कुनैपनि व्यक्तिबारेमा जानकारी प्हरीलाई खवर गरिदिन समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*