Home / Feature Breaking news / नवौ राष्ट्रिय खेलकुदका लागि जिल्लास्तरीय खेलाडी छनोट सुरु

नवौ राष्ट्रिय खेलकुदका लागि जिल्लास्तरीय खेलाडी छनोट सुरु

दाङ, १८ भदौ । ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि दाङ जिल्लास्तरीय खेलाडी आजदेखि सुरु भएको छ ।

दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना एवं युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको तत्वावधानमा संचालन भएको प्रतियोगिताको उद्घाटन दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन । उद्घाटन समारोलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले राष्ट्रको सान र पहिचानसंग जोडिएको खेलकुद क्षेत्रको विकासस्थानीयस्तरबाट हुनुपर्ने बताए ।

राष्ट्रको गौरव र पहिचानका रुपमा रहेको खेल क्षेत्रलाई उचाईमा पुर्‍याउन खेलकुद बिकास र संघहरुको प्रयासले मात्र संभव छैन अब स्थानीयस्तरबाटै आम नागरिकको चासो र चिन्तन उत्तिकै आवश्यक छ उनले भने । साथै उनले नवौ राष्ट्रिय खेलकुद खेलाडीको भविष्य कोर्ने एउटा ऎतिहासिक अबसर भएकाले अनुशासनको उच्च आदर्शलाई आत्म साथ गर्दै आफ्नो कला कौशल प्रस्तुत गर्न खेलाडीलाई आग्रह समेत गरे ।

प्रतियोगिताको उद्घाटन समारोह दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको अध्यक्षतामा तथा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको बिशिस्ट आतिथ्यमा भएको थियो ।

त्यस अवसरमा जिल्ला प्रहरी प्रमुख वीर बहादुर वली,रणसिह दल घोरहीका निमित्त गणपति भागिरथ महत,लुम्बिनी प्रदेश खेलक्द परिषदका सदस्य टेकबहादुर बिक, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्ल, खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधी, खेलप्रेमीलगाएतको उपस्थिति रहेको थियो ।

दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको स्वागत रहेको कार्यक्रममा गोरखा मावि तुलसीपुर, डिभाईन टेम्पल एकाडेमी तुलसीपुर, सर्मिला केसीले नृत्य प्रस्तुत गरेका थिए भने कराते खेलाडीले काता बुन्काई प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

यसैबिच जिल्ला छ्नोट प्रतियोगिता अन्तरगत शुक्रवार बेल्झुण्डिमा पुरुष भलिबल, महिला फुटबल छनोट सम्पन्न भएको छ भने अन्य खेलको छनोट भदौ १९ गतेसम्म चल्ने दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख शान्ति सोमैले जानकारी दिएकी थिइन । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ आउदो असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*