Home / समाचार / स्पान नेशनल कलेजद्वारा घोराहीमा अभिमुखिकरण गरि कार्यक्रम सार्वजनिक

स्पान नेशनल कलेजद्वारा घोराहीमा अभिमुखिकरण गरि कार्यक्रम सार्वजनिक

दाङ, भदौ १० । दाङको घोराहीमा संचालनमा रहेको स्पान नेशनल कलेजले आज घोराहीमा अभिमुखिकरण कार्यक्रम गरि आफ्ना योजना सार्वजनिक गरेको छ ।
शिक्षा र ब्यवस्थापन संकायमा स्नातक तहको पढाइ शुरु गरेको स्पान कलेजले चालू शैक्षिक वर्षदेखी संचालनमा ल्याएको कार्यक्रम बारे जानकारी गराइएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख शरद कुमार आचार्यले युग सुहाउँदो गुणस्तरीय शिक्षा पूर्याउने गरि कलेजले काम गर्ने बताउनु भयो । कलेज संचालक निशान्त आचार्यले सिद्धान्तलाई ब्यवहारिक शिक्षासगै जोडेर आधुनिक बिधिबाट पढाइ गर्ने बताउनुभयो ।
अर्का संचालक हेमराज देवकोटाले बिधिलाई प्रबिधिसग र ज्ञानलाई बिज्ञानसग जोडेर लैजानु आजको आवश्यकता भएको भन्दै उक्त कुरालाई आत्मसात गरि कलेज संचालन गरिने बताउनु भयो ।
प्राध्यापक- शिक्षक समन्वय समितिका अध्यक्ष लोकेन्द्र रिजालले कलेजले युग सुहाउँदो शिक्षा दिइरहेको बताउनुभयो ।
कलेज संचालक मदन सुबेदिको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण कलेजका प्राध्यापक गणेश गौतमले गर्नु भएको थियो । कार्यक्रम कलेज संचालक, प्राध्यापक, विद्यार्थी सगै अब स्नातक तहमा भर्नाको पर्खाइमा रहेका विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले साङ्गितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
हाल भि एन कलेजको नामबाट संचालित कलेजले यो वर्षदेखि स्पान नेसनल कलेजको नामबाट आफ्ना शैक्षिक गतिविधि सन्चालन गर्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*