Home / Feature Breaking news / प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच जंगी अड्डामा भेटवार्ता

प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच जंगी अड्डामा भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

कमान्ड सेनापति कोअर्डिनेटिङ कन्फेरेन्सको उद्घाटनका लागि जंगी अड्डा पुगेका बेला आज प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

उनीहरूबीच भेटमा के कुरा भयो भन्नेबारे जानकारी छैन ।

प्रधानसेनापति शर्मासहित करिब १०० जर्नेलले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

राष्ट्रपति र प्रधानसेनापतिबीचको भेटलाई राष्ट्रपति कार्यालयले सामान्य भनेपनि बढ्दो राजनीतिक घटनाक्रमकाबीच जानकारहरूले उक्त भेटलाई अर्थपूर्ण रूपमा हेरेका छन् । त्यसो त राष्ट्रपति नेपाली सेनाको परमाधिपति हो । तर, उनले प्रधानसेनापति शर्मालाई अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयमा विवाद आउँदासमेत भेटेकी थिइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*