Home / Feature Breaking news / दाङकाे चाैतर्फी विकासकालागी लागीपरेकाे छु: मन्त्री चाैधरी

दाङकाे चाैतर्फी विकासकालागी लागीपरेकाे छु: मन्त्री चाैधरी

घाेराही, २९ साउन

शहरी विकास मन्त्री मेटमणी चाैधरीकाे दाङकाे चाैतर्फी विकासकालागी लागिपरेकाे बताउनुभएकाे छ । आज आईतवार घाेराहीमा पत्रकारहरूसँगकाे भेटघाटका क्रममा मन्त्रशि चाैधरीले दाङकाे विकासकालागी आफू सधै लागिपरेकाे बताउदै मन्त्री रहदा पनि आफ्नाे मन्त्रालय अन्तरगत एवं अन्य मन्त्रालयसँगकाे समन्वयमा दाङकाे विकासकालागी लागिपरेकाे बताउनुभयाे ।

उहाँले राप्ती करिडाेरकाे साेमवार सुरूवात गरिने, दाङदेखी स्वर्गद्वारी पुग्न केबलकार सञ्चालन, तुलसीपुर-घाेराही सडक स्तरबृद्धिकाे काम छिटाे सम्पन्न, टरिगाँउ एयरपाेर्ट नियमीत सञ्चालनकाे व्यवस्थाकालागी आफू लागिपरेकाे जानकारी दिनुभयाे । उहाँले टरिगाँउ विमानस्थलकाे स्तरबृद्भि नभएर भैरहवा, नेपालगञ्ज जादा आफूलाई लाज लाग्ने गरेकाे अनुभव सुनाउनुभयाे ।

“टरिगाँउ विमानस्थलकाे अवस्थाले गर्दा नेपालगञ्ज, भैरहवा जानुपर्छ । त्यहा जाँदा लाज लाग्छ ” मन्त्री चाैधरीले भन्नुभयाे- “टरिगाँउ एयरपाेर्टलाई नियमित गर्न आवश्यक छ ।”
मन्त्री चाैधरीले दाङकाे विकासकाे प्रशंगमा नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का बाहेक अरू कुनै नेता नभएकाे अनुभुति सुनाउनुभयाे । खड्काले गरेकाे विकास निर्माणकाे कामकाे प्रशंसा गर्दै चाैधरीले आफू दाङकाे विकासकालागी सधै लागीपर्ने बताउनुभयाे । साथै उहाँले दाङकाे विकासकालागी सबै मिलेर अगाडी बढ्न आवश्यक रहेकाे पनि बताउनुभयाे ।

पत्रकार सम्मेलनमा मन्त्री चाैधरीले पत्रकारूलाई सल्लाह सुझाव दिन अनुराेध गर्नुभयाे ।

कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार सुदीप गाैतमले टरिगाँउ एयरपाेर्टकाे स्तरबृद्धि वा वैकल्पीक विमानस्थलकाे व्यवस्था गर्न, दाङ ईञ्जिनियरिङ कलेजकाे सञ्चालन, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे व्यवस्थापन र स्तरउन्नति, नेपाल संस्कृत विश्वविद्यालयकाे अनुसन्धान केन्द्रकाे स्थापना आवश्यक रहेकाे बताउनुभयाे ।

पत्रकार सम्मेलनकाे सहजिकरण पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*