Home / Feature Breaking news / यु–१९ विश्वकप छनौटः मलेसियाबिरुद्ध नेपालको शानदार जीत

यु–१९ विश्वकप छनौटः मलेसियाबिरुद्ध नेपालको शानदार जीत

काठमाडौ,२ बैशाख । आईसीसी यु–१९ विश्वकप छनौट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।
क्वाललम्पुरमा सम्पन्न खेलमा ९३ रनको लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र १३ ओभरमा दुई विकेटको क्षतिमा पछ्यायो ।

नेपालका लागि रित गौतमले नटआउट रहँदै सर्वाधिक ३९ रनको योगदान दिए भने आशिफ शेखले २६ रन बनाए ।

पवन शरार्फले १९ रन बनाए ।

खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

नेपाली बलरहरुले घातक बलिङ गर्दै मलेसियालाई मात्र ९२ रनमा समेटेको थियो ।

नेपालका लागि पवन शरार्फ र कुशल मल्लले ३–३ विकेट लिए भने कमल सिंहले २ विकेट लिए । त्यस्तै सागर ढकालले १ विकेट लिए ।

मलेसियाका लागि इजात ड्यानियल फिक्रीले सर्वाधिक ३७ रनको योगदान दिए भने कप्तान मोहमद अमिरले १३ रन बनाए ।

तीन खेलमा नेपालले दुईमा जीत तथा एकमा हार बेहोरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*