Home / Feature Breaking news / घर आगनमै पर्दाको शल्यक्रिया सेवा

घर आगनमै पर्दाको शल्यक्रिया सेवा

तुलसीपुर, ३० असार । राप्ती आँखा अस्पतालमा पहिलो पटक घोराही –१० का डिल्लीबहादुर डाँगीको आँखाको पर्दामा रगत जमेको शल्यक्रिया भएको छ । मलेसिया रोजगारीका लागि जानलागेका डाँगीको आँखाको पर्दामा रगत जमेर दृष्टीकम भएका कारण समस्यामा परेको थियो । तर उनको राप्ती आँखा अस्पतालमा सफ शल्यक्रिया भएको थियो ।

घर आगनमै सो सेवा सुरु भए संगै आफुले शल्यक्रिया गराएको भन्दै खुसी समेत डाँगीले व्यक्तगरे । उनले आफु उपचारका लागि जिल्ला वाहिर गएको र शल्यक्रियाका लागि ढिलो पालो पाउने भने पछि उनी राप्ती आँखा अस्पतालमा आएको र स्थानीय अस्पतालमै शल्यक्रिया गर्न पाएपछि उपचार खर्च निकै कम भएको भन्दै उनले नयाँ दृष्टि पाएकोमा खुसी समेत व्यक्तगरे । डाँगी संगै अन्य पर्दाका विरामीहरुले पनि घरआगनमै पछिल्लो समयमा सेवा पाउँदा खुसी भएका छन् ।

नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालमा विशिष्टकृत डाक्टरहरुद्धारा विशेषज्ञ सेवा सुरु गरे संगै आँखाको पर्दा सम्वन्धी विभिन्न प्रकारका शल्यक्रिया सेवा सुरु गरिएको छ । अस्पतालले भेट्रेकटोमी शल्यक्रियामार्फत आँखाको पर्दा सम्वन्धी जटिल शल्यक्रियाहरु नियमित रुपमा सञ्चालन भई रहेका छन् । आँखाको पर्दाका मधुमेह, उच्चरक्तचाप र शरीरका कुनै पनि रोगहरुले गर्दा आँखाको पर्दामा गरेका असरहरुको पुरा जाँच र आधुनिक स्तरको शल्यक्रिया सहितका उपचार सेवा दिई रहेको रेटीना रोग विशेषज्ञ डा. सन्तोष सुवेदीले जानकारी दिए ।

त्यस्तै अस्पतालमा आँखाको पर्दाको विभिन्न प्रकारका लेजर प्रविधिद्धारा उपचारहरु, विभिन्न रोगहरुबाट आँखाको पर्दामा भएका आँखाका समस्याहरु इन्जेक्सन मार्फत आँखा भित्रै औषधि दिने व्यवस्था , फाटेको पर्दा जोड्ने शल्यक्रिया , आँखाभित्र तेल राख्ने र निकाल्ने उपचारहरु, पर्दाको प्वाल पर्दामा लागेको जाली को शल्यक्रिया , आँखाभित्र जमेको रगत निकाल्ने शल्यक्रिया सेवा समेत यहिवाट दिन सुरुगरेको डा. सुवेदीले बताए ।

अस्पतालले अकुलोपलाष्टीक तथा आँखाको क्यान्सरको शल्यक्रिया देखि आँखाको नानीको प्रत्यारोपन सेवा समेत यस अघि सुरु गरेको थियो । रेटिना सम्वन्धी विभिन्न उपचार तथा शल्यक्रिया सेवा दाङमै सुरु भएको भन्दै अव विरामीहरुलाई जिल्ला वाहिर जानुपर्ने बाध्यता नहुने डा. सुवेदीको भनाई छ । रेटीना तथा पर्दाका डा. सन्तोष सुवेदीले अव विरामीहरु जिल्ला वाहिर गएर लामोसमय सम्म आँखा शल्यक्रियाका लागि पर्खनु पर्ने वाध्यता हटेको बताए । ‘हामीहरुले विशेषज्ञ सेवा त्यो पनि रेटिना अकुलोपलाष्टीक र कोर्निया (आँखाको नानी ) सम्वन्धी शल्यक्रिया र उपचार सेवा सुरु गरेका छौं –उनले भने ।’

‘यस अघि यो सेवा लिन विरामीहरु जिल्ला वाहिर जानुपर्ने र खर्चपनि धेरैलाग्ने गरेको थियो अव भने हामीले यहि शल्यक्रिया र उपचार सेवा दिन थालेका छौं यसले विरामीहरुलाई पनि निकै राहत मिल्ने छ –डा. सुवेदीले भने ।’ त्यस्तै अस्पतालका अकुलोप्लाष्टीक विशेषज्ञ डा. सुरेश रसाइलीको टिमले पहिलो पटक केहि दिन अगी आँखाको क्यान्सरको सफल शल्यक्रिया गरेका थिए भने कर्निया विशेषज्ञ डा. ज्योति सापकोटाले आँखाको नानीको प्रत्यारोपन गरेकी थिइन् ।

पछिल्लो समयमा राप्ती आँखा अस्पतालमा विशेषज्ञ सेवा लिने विरामीहरुको संख्या बढदै गएको छ । यस अघि यो सेवा यहाँ नहुँदा विरामीहरु जिल्ला वाहिर जानुपर्ने अवस्था थियो । ‘रेटिना कर्निया र अकुलोप्लाष्टीक सम्वन्धी सेवा लिनेहरुको संख्या दिन प्रतिदिन बढदै गएको छ यो दङ्गालि जनता र हाम्रोलागि पनि खुसीको कुराहो यहि सवै सेवा पाउन सफल हुनुभएको छ –राप्ती आँखा अस्पतालका मेसु समेत रहेको डा. सुवेदीले भने ।’ अस्पतालले विभिन्न मेसिन औजारहरु खरिद संगै शल्यक्रिया पनि सुरुगरेको हो ।

अस्पतालमा अकुलोप्लाष्टिक तथा ( आँखाको क्यान्सर) सम्वन्धि सेवाहरु, आँसु नलि सम्वन्धीत समस्याहरुको उपचार तथा शल्यक्रिया , काटीएको आसु नलीको शल्यक्रिया, आँखाको ढकनीमा देखिने समस्याको उपचार तथा शल्यक्रिया, आँखाको शौर्दताको लागि गरिने उपचार तथा शल्यक्रिया , आँखा वा आँखा वरपर देखिएको क्यान्सरको उपचार तथा शल्यक्रिया सेवा दिदै आएको छ ।

आँखाको नानी) सम्बन्धि सेवाहरु आँखाको नानीमा (पूmलो पर्ने) को औषधि तथा शल्यक्रिया मार्फत उपचार आँखाको नानीको प्रत्यारोपन सेवा, दृष्टि बढाउनको लागि गरिने नानीको प्रत्यारोपन
आँखाको नानीमा फरक आकारका चोट, घाउ या ट्युमर हटाउने शल्यक्रिया सेवा दिदै आएको छ । त्यस्तै सवैको साथ सहयोग र व्यवस्थापन समितिको सक्रियतामा आँखा सम्वन्धी विशेषज्ञ सेवाहरु दाङमा दिन पाउँदा यहाँका सेवाग्राहीहरुलाई सहज भएको मेसु डा. सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*