Home / Feature Breaking news / व्यवसायीमाझ लोकप्रीय नरेश कार्की भन्छन्ः ‘व्यवसायी ज्यूहरुको साथले महासचिव हुनेछु’

व्यवसायीमाझ लोकप्रीय नरेश कार्की भन्छन्ः ‘व्यवसायी ज्यूहरुको साथले महासचिव हुनेछु’

दाङ जिल्ला उद्योग वाणीज्य संघको यही साउन ३१ गते नयाँ नेतृत्वकालागि हुने निर्वाचनमा महासचिव पदका उमेद्वार हुनुहुन्छः नरेश कार्की । लामो समयदेखी व्यवसायमा लागेर सफल व्यवसायीको रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुहुन्छ कार्की ।
स्नातक तहको पढाई पुरा गरेर २०६१ सालमा किराना पसलबाट पसल सुरु गर्नुभएका नरेश पछिल्लो समय ग्याँस व्यवसायीको रुपमा पहिचान बनाउनु भएको छ ।

सानो किराना व्यापारबाट व्यवसाय सुरु गरिसक्नुभएका नरेशलाई सानो पसल गर्दाका पिडाहरुको बारेमा अनुभव छ । पछिल्लो एक वर्ष दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य भएर काम गरिसक्नु भएका नरेश महासचिव भएर सानादेखी ठुला व्यवसायिहरुको समस्या समाधानकालागि काम गर्न चाहेको बताउनुहुन्छ । त्यही कारणले पनि आफू महासचिव पदमा भएर व्यवसायिहरुको समस्या समाधानमा सहयोग गर्न पाउने अवसर र उवासंघलाई संगठीत रुपमा सक्षम बनाउने उद्धेश्य बोक्नुभएको छ । उहाँ कार्यसमिति सदस्य भएर काम गर्दा पनि उत्कृट काम गर्नुभएको थियो ।

नरेश व्यवसायसागै सामाजिक संघसस्थाहरुमा पनि आवद्ध हुनुहुन्छ । रोटरी क्लब दाङको कोषाध्यक्ष, दाङ देउखुरी ग्याँस विक्रेता संघको संस्थापक अध्यक्ष, सगरमाथा ह्याचरी प्रालिको सञ्चालक, स्वर्गद्धारी अटो भिल्लाको सञ्चालक, सुरक्ष पशुपंक्षी सहभारीको कोषाध्यक्ष भएर काम गरिसक्नु भएका नरेश व्यवसायीक कृषी प्रणालीमा विशेष रुची राख्नुहुन्छ ।

मिलनसार र लगनशील नरेश व्यवसायीमाझ लोकप्रीय मानिनुहुन्छ । सबैसँग सम्वन्ध राख्नुभएका नरेश लोकप्रीय व्यापारीको रुपमा परिचिय हुनुहुन्छ । उनी यस पटाको निर्वाचनमा महासचिव पदमा आफू विजयी हुने विश्वास व्यक्त गर्छन् ।

उवासंघमा काम गर्न सक्ने उहाँको क्षमताका कारण अग्रजहरुको आग्रहमा महासचिव पदको उमेद्वार बन्नुभएका नरेश निर्वाचनमा विजयी हुने पक्कापक्की छ । व्यवसायीहरुसँग बुझ्दा सक्षम र योग्य एव. लोकप्रीय व्यवसायी भएकाले नरेश विजयी हुने करिब पक्कापक्की भएको बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*