Home / Feature Breaking news / घाेराहीकाे भानु चाेकमा मनाईयाे २०९ औं भानु जयन्ती

घाेराहीकाे भानु चाेकमा मनाईयाे २०९ औं भानु जयन्ती

आदिकवि भानुभक्त आचार्यकाे २०९ औ भानु जयन्तीकाे अवसरमा घाेराहीमा एक कार्यक्रमकाे आयाेजना गरि मनाईएकाे छ । जयन्तीकाे अवसरमा घाेराहीकाे मुख्य चाेक भानु चाेकमा एक कार्यक्रमकाे आयाेजना गरि मनाईएकाे हाे ।

भानु चाेकमा आदिकवि भानुभक्त आचार्यकाे फाेटाे राखेर पुष्प अर्पण गरेर भानु जयन्ती मनाईएकाे हाे । किशाेरचन्द्र गाैतमकाे नेतृत्वमा दाङमा बुद्धिजीवी, साहित्यकार, प्रध्यापक, पत्रकार लगायतकाे उपस्थितिमा भानु जयन्ती मनाईएकाे हाे ।

त्यस अवसरमा पुरानाे भानु चाेककाे नाम परिवर्तन नगर्न सम्बन्धीत सबैलाई अनुराेध गरिएकाे थियाे । साथै भानु चाेक स्थापीत गर्नकालागी लागिपर्न टाेल विकास संस्थालाई अनुराेध गरिएकाे थियाे ।  त्यस अवसरमा भानु चाेक लेखीएकाे भानुभक्त आचार्यकाे फाेटाे टासिएकाे छ ।                                                                  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भए ।

‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए – ‘भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली’ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*