Home / Feature Breaking news / कृषकले अझै पाएनन् राहत

कृषकले अझै पाएनन् राहत

दाङ, २६ चैत । बेमौसमी वर्षाले धानमा क्षति व्यहोरेका कृषकले राहत पाउन सकेका छैनन् । क्षति पुगेको ६ महिना बितिसक्दा समेत राहत रकम पाउन सकेका छैनन् । यसले कृषकहरू समस्यामा परेका छन् । राहतका लागि जिल्लामा १० करोड बजेट आए पनि वितरण हुन भने सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय दाङको नाममा राहत रकम आएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए । प्रशासनबाट माग भइ आएमा रकम निकासा हुने भण्डारीले बताए । कृषकहरूको राहतका लागि आएको रकम छिट्टै नै पालिकाहरूमार्फत् कृषकलाई प्रदान गरिने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । ‘सबै पालिकाबाट विवरण आएपछि रकम प्रदान गरिने छ’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने । स्थानीय पालिकाहरूको खातामा रकम पठाइने र स्थानीय पालिकाहरूले राहत रकम कृषकहरूलाई प्रदान गर्ने रहेको उनको भनाइ रहेको छ ।

गएको असोज महिनामा बेमौसमी वर्षाले दाङमा करिब ७० करोड रूपैयाँको धान बालीमा क्षति पु¥याएको अनुमानित विवरण तयार गरिएको थियो । जिल्लाका १० वटा स्थानीय तहबाट संकलन गरेको तथ्याङ्कअनुसार उक्त रकम बराबरको धान बालीमा क्षति पुगेको हो । कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लामा ६९ करोड १७ लाख ६ हजार २ सय २५ रूपैयाँको क्षति भएको हो । जिल्लामा ८ हजार ९ सय ९८ दशमलव ९ हेक्टर क्षेत्रफलमा लगाइएका धान बालीमा पानीले क्षति पु¥याएको थियो । करिब २७ हजार ६ सय ६८ दशमलव २५ मेट्रिकटन धान बाली नोक्सान भएको कृषि ज्ञान केन्द्र दाङले बताएको छ ।

जसमा ४ सय ७८ हेक्टरबाट काटिएको धान बगाएको छ भने ८ हजार ५ सय २१ हेक्टरमा तयारी धान बाली ढालेर क्षति पु¥याएको हो । जिल्लामा ३९ हजार ४ सय हेक्टरमा धान खेती गरिएको थियो । बबई गाउँपालिकामा ५ सय २ दशमलव ५ हेक्टरमा रहेको धान बालीमा क्षति पु¥याएको थियो । उक्त क्षेत्रमा २ हजार १ सय २८ हेक्टरमा धान खेती गरिएकोमा १ सय ४० हेक्टरमा रहेको काटेको धान बगाएको थियो भने ३ सय ६२ दशमलव ५ हेक्टरमा ढालेर क्षति पु¥याएको थियो ।

शान्तिनगर गाउँपालिकामा ७ सय ६१ दशमलव ३ हेक्टरमा रहेको धानमा क्षति पु¥याएको थियो । उक्त गाउँपालिकामा २ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएको मध्ये ७ सय ६१ दशमलव ३२ हेक्टर क्षेत्रफलमा रहेको धान बाली ढालेर क्षति पुगेको थियो । दंशीशरण गाउँपालिकामा १ हजार १ सय २३ दशमलव ५ हेक्टरमा रहेको धानबालीमा क्षति पुगेको थियो । जहाँ ४ हजार ३ सय १० हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७ दशमलव ५ हेक्टरमा रहेको काटेको धान बगाएको थियो । १ हजार १ सय १६ हेक्टरमा धान ढालेर क्षति पु¥याएको थियो ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकामा २ सय ७५ हेक्टरमा क्षति पुगेको थियो । उक्त उपमहानगरपालिकामा ६ हजार ८ सय ४० हेक्टरमा धान खेती गरिएकोमध्ये २ सय ७५ हेक्टरमा रहेको धान बाली ढलेर क्षति पुगेको थियो । घोराही उपमहानगरपालिकामा १ हजार ९ सय ५८ दशमलव ८ हेक्टरमा क्षति पुगेको थियो । उक्त उपमहानगरपालिकामा ८ हजार ३ सय २० हेक्टरमा धान खेती गरिएको थियो । जसमा १ हजार ९ सय ५८ दशमलव ८ हेक्टरमा धान ढलेर क्षति पुगेको थियो ।

बंगलाचुली गाउँपालिकामा १ हजार ७९ हेक्टरमा रहेको धान बालीमा क्षति पुगेको थियो । १ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएकोमध्ये १ हजार ७९ हेक्टरमा धान ढालेर क्षति भएको थियो । लमही नगरपालिकामा १ हजार ४ सय ३२ हेक्टरमा रहेको धान बालीमा क्षति पुगेको थियो । उक्त नगरपालिकामा २ हजार ७ सय ३५ हेक्टरमा धान खेती गरिएकोमध्ये १ हजार ४ सय ३२ हेक्टरमा रहेको धान ढलेर क्षति भएको थियो ।

राप्ती गाउँपालिका ७१ दशमलव ८ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा ६ हजार ७ सय १४ हेक्टरमा धान खेती गरिएकोमध्ये ७१ दशमलव ८ हेक्टरमा धान ढालेर क्षति पुगेको थियो । गढवा गाउँपालिकामा ९ सय १९ दशमलव ७ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा २ हजार १ सय ७५ हेक्टरमा धान खेती गरिएकोमा १ सय ११ दशमलव ६७ हेक्टरमा लगाएको धान बगाएर क्षति पु¥याएको थियो भने ८०८ हेक्टरमा लगाएको धान ढलेर क्षति पुगेको थियो ।

राजपुर गाउँपालिकामा ८ सय ७५ दशमलव ३ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा १ हजार ७ सय १८ हेक्टरमा धान खेती गरिएकोमा २ सय १८ दशमलव ६८ हेक्टरमा काटेको धान बगाएर क्षति पुगेको थियो । ६ सय ५६ दशमलव ५९ हेक्टरमा लगाएको धान ढालेर क्षति पु¥याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*