Home / Feature Breaking news / कांग्रेस क्षेत्र नं. २ ले गठन ग¥यो संसदीय समिति

कांग्रेस क्षेत्र नं. २ ले गठन ग¥यो संसदीय समिति

घोराही, २४ चैत । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले संसदीय समिति गठन गरेको छ । क्षेत्रीय समितिको बैठकले १३ सदस्यीय क्षेत्रीय संसदीय समिति गठन गरेको हो ।

जसमा सभापति भिमप्रकाश खड्का, उपसभापतिहरु प्रकाश श्रेष्ठ, अभियान बस्नेत, सचिवहरु हिमबहादुर डाँगी, आर. के. शीतल, सहसचिवहरु रमेशकुमार पाण्डेय, रञ्जीत श्रेष्ठ, कोषाध्यष गोपाल भुषाल, सदस्यहरु चित्रबहादुर डाँगी (निर्मल), हिमाल महरा, निमबहादुर चौधरी, जयभोला परियार र देवा सुवेदी रहेका छन् ।

क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षताममा बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी सचिव आर.के.शीतलको संयोजकत्वमा प्रचारप्रसार सामाग्री निर्माण उपसमिति गठन गरेको छ । जसको समस्यमा मधुसुदन अधिकारी, पदम शर्मा, खुमा खड्का रहेका छन् ।

बैठकले नेपाली कांग्रेसको ‘घर–घर जाँउ कांग्रेस जिताउ अभियान’ को क्षेत्रमा हालसम्म भएका क्रियाकलापहरुको समीक्षा गर्दै अभियानलाई अझै तीव्र रुपमा अगाडी बढाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*