Home / Feature Breaking news / तरकारी खेतीबाट बार्षिक ३० लाख बढिको कारोवार

तरकारी खेतीबाट बार्षिक ३० लाख बढिको कारोवार

दाङ, २९ असोज । स्वदेशमा केही गर्न सम्भावना नभएको भन्दै दिनहु युवाहरु विदेशी रहेको अवस्थामा दाङमा एक युवाले तरकारी खेतीबाट लाखौँ रुपैया आम्दानी गर्ने गरेका छन । प्युठान जिल्ला घर भएका युवाले दाङको देउखुरीमा व्यवसायीक तरकारी खेतीका माध्यमबाट आम्दानी गर्दै आएका छन ।

त्यही तरकारी खेतीबाट बार्षिक ३० लाख बढिको कारोवार गर्ने गरेको सञ्चालक सुरेन्द्र अधिकारीले बताए । लमही नगरपालिकाको टिकुलीगढमा छ विगाह जमिन भाडामा लिएर विगत पाँच बर्षदेखि व्यवसायीक तरकारी खेती गर्दै आएका अधिकारीले तरकारी खेतीबाट लाखौँ रुपैया आम्दानी गर्ने गरेको बताए । स्वदेशमै केही गर्न चाहनेहरुका लागि कृषि व्यवसाय राम्रो माध्यम भएको समेत बताए । ‘स्वदेशमै केही गर्न चाहनेका लागि तरकारी खेती राम्रो माध्यम हो’,उनले भने,‘सिजन अनुसार तरकारी उत्पादन गर्न सके राम्रो आम्दानी लिन सकिन्छ ।’ तरकारी खेतीबाट आफु सन्तुष्ट रहेको समेत बताए ।

karela

उनले गतबर्ष ३० लाख बढिको तरकारी विक्रि गरेको समेत बताए । ‘अहिले भर्खर तरकारी उत्पादन भएकाले बेच्न सुरु गरेका छौ,त्यसैले अहिले आम्दानी भन्न सक्ने अवस्था छैन’,उनले भने,‘ गतबर्ष मैले ३० लाख बढिको तरकारी विक्रि गरेको हु ।’ देउखुरीमा उत्पादन गरेको तरकारी लमही, घोराही, तुलसीपुरसँगै बुटवल, चितवनसम्म पठाउने गरेको बताए । ‘सिजनमा जिल्लामा तरकारीको मुल्य हुदैन,त्यो समयमा बाहिर पनि पठाउने गरेको छु’,उनले भने,‘बमौषमी सिजनमा तँ जिल्लामै भ्याईनभ्याई हुन्छ ।’ उत्पादन भएको तरकारी ल्याउन कतिपय व्यवसायीहरु बारीमै जाने गरेका छन भने कतिपयलाई आफैले पठाईदिने समेत गरेको बताए । तरकारी व्यवसायमा राम्रो सम्भावना भएपनि तरकारी लैजाने व्यवसायीहरुले पैसा समयमा नदिदा समस्या हुने गरेको बताए ।

tarkari

छ विगाह जमिनमा करेला, लौका, काक्रा,टमाटरलगायतका तरकारी खेती गर्दै आएका उनले स्थानीय १५÷२० जनासम्मलाई रोजगारी समेत दिने गरेको बताए । ‘तरकारीको सिजनमा एक्लै काम गर्न सकिदैन’,उनले भने,‘ समय अनुसार तरकारी लगाउन, गोडमेल गर्न मानिसहरु लगाउने गरेको छु ।’ लमहीको देउखुरी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तह अध्ययन गर्दै आएका अधिकारीलाई तरकारी खेतीमा लगाउने कान्छा बुबा श्रीधर वली हुन । देउखुरीमा व्यवसायीक कुखुरा पालन गर्दै आएका वलीले नै आफुलाई तरकारी खेतीमा लाग्न प्रेरित गरेको अधिकारीले बताए । ‘बेरोजगारी समस्याले दिनहु मानिसहरु बाहिर गैरहेको समयमा आफुले स्वदेशमै पढ्दै व्यवसाय गर्न पाउँदा अत्यन्तै खुशी लाग्ने गरेको उनी बताउँछन ।

tarkarii

lauka

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*