नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
तनुहँ प्रहरीको हिरासतमा रहेका शाहको पक्षमा दमौलीमा प्रदर्शन हुने गरेको छ। बलात्कारको घटनामा पीडित नाबालिग गायिका भए पनि सामाजिक सञ्जाल र युट्युबमा पीडितलाई थप पीडा दिने अभिव्यक्तिहरू आइराखेका छन्। उनको फोटो राखिएका छन् ।
अधिवक्ता राधिका खतिवडा अभियुक्तको पक्षमा भइरहेको नाराबाजीको घटनामा संलग्नलाई कारबाही हुने कानुनी आधार रहेको बताउँछिन् ।
‘पीडित नाबालकलाई झन् त्रसित बनाउने या आत्महत्यासमेत गर्न बाध्य पार्नेसम्मको प्रदर्शनमा कुरा उठेका छन्’, खतिवडाले भनिन्, ‘जुनकुरा गैरकानुनी हो। विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर हो। पीडित परिवारले कानुनी उपचारमा जाने कुरा गर्नु भएको छ ।’
भिनेता शाहले १४ वर्ष ८ महिनाकी नाबालिगलाई बलात्कार गरेकाले शाहलाई १२ देखि १४ वर्षको सजाय हुनसक्ने उनले बताइन् ।
RaptiSandesh RaptiSandesh