Home / समाचार / दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीका लागि उपसमिति विस्तार जारी

दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीका लागि उपसमिति विस्तार जारी

दाङ, २० फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी स्वरुप उपसमिति विस्तार तथा छलफललाई जारी राखिएको छ । प्रदर्शनीको प्रचार प्रसार तथा प्रदर्शनी स्थलमा भौतिक निर्माण कार्य समेत तीव्रता दिएको प्रदर्शनी मूल आयोजक समितिका संयोजक टंकसिंह बुढाथोकीले वताए ।

प्रदर्शनीलाई मर्यादित तथा व्यवस्थित बनाउन सबै उपसमितिले काम अगाडि बढाएको उनको भनाइ छ । अहिले सबै उपसमितिहरुले आफ्नो कामलाई तीव्रता दिएको मूल आयोजक समितिका उपसंयोजक एवं संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । बिहीवार घोराही क्षेत्रमा रहेका टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरिएको छ । छलफलमा टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले संघले थालेको प्रदर्शनीमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

शोभायात्रामा आफ्नो तर्फबाट झाँकीसहित सहभागी हुने बताएका थिए । बैठकले शोभायात्रा उपसमितिमा टोल विकास संस्थाका प्रतिनिधिहरुलाई सदस्यमा राख्ने निर्णय गरेको शोभायात्रा उपसमितिका संयोजक नरेशकुमार श्रेष्ठले बताए । त्यसैगरी धार्मिक उपसमिति पनि विस्तार गरिएको छ । उपसमितिका संयोजक विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको बैठकले प्रकाश भट्टराईको सहसंयोजकत्वमा समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा सुनिलकुमार देवकोटा, धनपति शर्मा, टोपेन्द्र पौडेल, धनश्याम केसी, शिव गौतम, वसन्तराज शर्मा, उमाकान्त भण्डारी, कृष्ण गिरी, राजन रावत, उदयबहादुर डाँगी रहेका छन् । जसको सल्लाहाकार समितिमा भोलानाथ योगी, जयानन्द शर्मा, प्रेम शाह, दधिराम भण्डारी र तोयानाथ योगी छन् ।

त्यसैगरी बैठकले स्टल व्यवस्थापन उपसमिति विस्तार गरिएको छ । स्टल व्यवस्थापन उपसमितिको सदस्यमा मुक्तिराम खनाल, केशव भुसाल, सचेत शर्मा, सञ्जीव श्रेष्ठ, भुवन आचार्य, शालिकराम थापा, राजेन्द्र लामा, नारायण राणा क्षेत्री, समिर केसी, सुशील परियार, आकाश विश्वकर्मा रहेको स्टल व्यवस्थापन उपसमितिका संयोजक माधव खनालले जानकारी दिए । समितिको सल्लाहकारमा विष्णु सुवेदी, निमबहादुर बुढाथोकी, देवीराम न्यौपाने रहेका छन् ।

त्यसैगरेर टिकट व्यवस्थापन उपसमिति विस्तार गरिएको छ । समितिमा शालिकराम खनाल, थानेश्वर बुढा, सुरज सुवेदी, सन्तोष गिरी, बिक्रम राना, श्याम विक, ज्ञानबहादुर बुढामगर, खेमराज भण्डारी, विश्व पौडेल, गणेश दगाल र भरत सुनार रहेको उपसमितिका संयोजक विकास वलीले जानकारी दिए । समितिको सल्लाहकारमा मधु अधिकारी, एकराज खनाल, विनोद गहतराज, दिनानाथ शर्मा रहेका छन् ।

त्यसैगरेर प्रदर्शनीका बारेमा पूर्व अध्यक्ष तथा पुर्व पदाधिकारीहरुसँग बिहीवार छलफल गरिएको छ । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास ः परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि चैत ८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं. १४ को झिँगौरामा प्रदर्शनी हुन लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*