Home / समाचार / आईतवारदेखी सुरू हुदै दाङ महिला जेसिजकाे सप्ताह

आईतवारदेखी सुरू हुदै दाङ महिला जेसिजकाे सप्ताह

घाेराही, ६ कार्तिक
दाङ महिला जेसिजले यसबर्षकाे सप्ताहव्यापी कार्यक्रम आईतवारदेखी सुरू हुदैछ । हरेक बर्ष मनाउदै आएकाे सप्ताहव्यापी कार्यक्रमकाे आईतवार एक कार्यक्रमकाकीच उद्घाटन गरिने दाङ महिला जेसिजका अध्यक्ष ममता बिष्टले जानकारी दिनुभयाे ।

आईतवार उद्घाटन हुने सप्ताव्यापी कार्यक्रम अन्तरगत दाेस्राे दिन साेमवार रक्तदान कार्यक्रम, मंगलवार चुरा बनाउने तालिम, बुधवार शान्ति टाेल विकास संस्था घाेराही १७ मा लागु अौषध बिरूद्ध सचेतना कार्यक्रम, विहीवार घाेराही १३ सेवारमा सहयाेग कार्यक्रम, शुक्रवार मावि रझेनामा असल छुवाई र गलत छुवाई सम्बन्धी सचेतनामूलक कार्यक्रम हुने सप्ताह मूल संयाेजक जुनकुमारी बुढा मगरले जानकारी दिनुभयाे । सप्ताहकाे शनिवार बाह्रकुने दहमा एक कार्यक्रमकाबिच समापन गरिने उहाँले जानकारी दिनुभयाे ।

आईतवार विहान ८ बजे त्रिभुवननगर जेसिजकाे सचिवालयमा हुने सप्ताहकाे उद्घाटन कार्यक्रममा उपस्थित हुन कार्यक्रम संयाेजक दीलु मल्लले सम्पूर्णमा अनुराेध गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*