Home / Feature Breaking news / श्रीमतीले हँसिया प्रहार गरी श्रीमानको हत्या

श्रीमतीले हँसिया प्रहार गरी श्रीमानको हत्या

दाङ,१३ भदौ । दाङको तुलसीपुरमा श्रीमतीले हँसिया प्रहार गरी श्रीमानको हत्या गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–३ सुन्दर टोलका ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेको अभियोगमा ५६ वर्षीया देवीकुमारी योगीलाई प्रहरीले पक्राउ गरेको छ ।

घरयासी विवादका कारण आइतबार दिउँसो २ बजेतिर योगीले आफ्ना श्रीमान पुरीलाई हँसिया र लाठी प्रहार गर्दा श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उनको अत्याधिक रक्तश्रावको कारण मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*