Home / Feature Breaking news / वन समूहका पदाधिकारीको मिलोमतो रुख काटिए

वन समूहका पदाधिकारीको मिलोमतो रुख काटिए

शिवराज खनाल
दाङ २ भदौ । दाङको देउखुरीमा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीको मिलोमतोमा अवैध रुपमा काठ कटान गरिएको पाइएको छ । राजपुर गाउँपालिका–५ मा रहेको मैनिहवा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीहरुलेनै प्रक्रिया पुरा नगरेर काठ कटान गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खुल्न आएको छ ।

प्रक्रिया पुरानै नगरेर कटान गरेको काठ घाटगद्दि गरिएको स्थलमा ४ सय ८३ क्यूफिट बढी काठ कटान गरेको भेटिएको छ भने कटान गरेको स्थानमा भने अझै केही काठ रहेको बुझ्नमा आएको छ । अवैध काठ कटानको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी बुधवार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समेत घटनाबारे जानकारी लिएका छन । काठ कटानमा संलग्नहरुको पहिचानगरी कानुन वमोजिम कारबाही प्रक्रिया अघि बढाउन वन कार्यालयका प्रमुखलाई निर्देशन दिएको कुरुम्वाङले बताएका छन् ।

यता डिभिजन वन कार्यालयले काठ कटानको लागी सहमती दिनुपर्ने कानुनी प्राबधान छ । सामुदायीक वन उपभोक्ता समुहले वन कार्यालयको सहमती नलिएर रुख काटिएको भेटिएकाले अहिले अनुसन्धान थालिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्रराज सुवेदीले बताएका छन् ।

गत साउन २५ गते वडा कार्यालय छेउँको खाली जग्गामा काठ घाटगद्धी गरेपछी काठ कटानको रहस्य खुलेको हो । वेला सव डिभिजन वन कार्यालयले बरामद मुचुल्का तयार पारेर रेखदेखको जिम्मा सामुदायीक वन समुहलाईनै लगाएको थियो । सामुदायीक वन उपभोक्ता समुहले भने उपभोक्ताको भेला र सहमती गरेर ढलापढा रुखहरु कटान गरेर सार्वजनिक स्थलमा डम्पिङ्ग गरेको बताएको छ । उपभोक्तालाई वितरणको लागी कोरिया खोलाले बगाएको, आगलागीमा परेर जलेका रुखहरु कटान गरेर काठ सुरक्षीत गरेको दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*