Home / Feature Breaking news / सडक विस्तार नै पहिलो प्राथमिकताः वडाध्यक्ष बुढा

सडक विस्तार नै पहिलो प्राथमिकताः वडाध्यक्ष बुढा

तत्कालिन हापुर गाविसका वडा नं. १,२, ३, ४, ५, ८ र ९ नम्वर मिलेर अहिले घोराही उपमहानगरपालिका वडा नं. १२ बनेको छ । वडा नं. १२ घोराही उपमहानगरपालिकाभित्र पर्ने भएपनि भौगालिक रुपमा विकटताका कारण वडाका धेरै बस्तीहरुमा सडक, विद्युतलगायतका पुर्वाधारहरु पुग्न सकेका छैनन् । कृषिको लागि प्रशस्त भुमि भएपनि सिचाईको व्यवस्था नहुदा प्राय जमिनमा एक बाली मात्र खेती हुने गरेको छ । वडामा स्वास्थ्यचौकी भएपनि भरपर्दाे सेवा स्थानीयले पाउन नसक्दा सामान्य विरामी हुदाँ पनि बिरामीहरु घोराही वा नारायणपुर धानुपर्ने बाध्यता रहेको छ । यसै सन्दर्भमा घोराही उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष राजेन्द्र बुढामगरसँग पत्रकार लिलाधर वलीले वडाको विकास निर्माणमा केन्द्रीत रहेर गरेको कुराकानी ।

वडाको विकासका लागि कसरी काम गरिरहनु भएको छ ?

घोराही उपमहानगरपालिका वडा नं. १२ सुगम भएर पनि दुर्गम क्षेत्र हो । वडाका अधिकांस बस्तीहरुमा सडक, खानेपानी र विद्युतलगायतका विकासका पूर्वाधारहरु पुग्न सकेका छैनन् । सडक सुविधा नहुदा अहिले पनि मानिसहरु बिरामी हुदाँ डोकोमा बोकेर वडा कार्यालयसम्म ल्याउने र यहाँबाट गाडीमा घोराहीसम्म लैजानुपर्ने बाध्यता रहेको छ । त्यो बाध्यता हटाउनकालागि वडाले सडक विस्तारलाई प्राथमिकता दिएको छ । त्यो अनुसार सडक सुविधा नपुगेको बस्तीहरुमा सडक विस्तार गर्ने र सामान्य हिडडुल गर्न सक्ने सडकलाई मर्मत सुधार गरेर गाडी चल्न सक्ने बनाउने काम अहिले भईरहेको छ ।

त्यस्तै विद्युत विस्तार गर्ने काम र वडामा पानी संरक्षणका साथै सिचाई सुविधा पु¥याउनका लागि कृत्रिम जलाशय निर्माणको कामलाई अघि बढाएका छौँ । वडामा खानेपानीको समस्या समाधान गर्नेलगायतका अन्य विकास निर्माणका साथै सामाजिक विकास कार्यक्रम अन्तर्गत विभिन्न क्षमताअभिवृद्धिलगायतका कार्यक्रमहरु गरिरहेका छौँ । जनचाहना अनुसार काम गर्नलाई प्रयाप्त बजेट नभएपनि वडाका अत्यावश्यक योजनाहरु छनोट गरेर प्रत्येक साल बजेट बिनियोजन गरेर विकास निर्माणका काम गर्दै आएका छौँ ।

यो आर्थिक बर्षको तेश्रो चौमासिक सकिनै लाग्दा कति प्रतिशत योजनाहरु सम्झौता भएर कार्यान्वयनको अन्त्यतिर छन ?

म बाहिर रहेकाले ठ्याक्कै डाटामा यति योजना सम्झौता भए भन्न सक्ने अवस्थामा छैन । तर वडामा बिनियोजन भएका करिव ९५ प्रतिशत योजनाहरु सम्झौता भएर सम्पन्न हुने अवस्थामा रहेका छन । अहिले भौतिक पूर्वाधारतर्फ रामपुरदेखि गुरौँसम्म आठँ लाख रुपैयाँवाट सडकको नयाँ ट्रयाक खन्ने काम भएको छ, त्यस्तै आठ लाख रुपैयाँवाट स्यानीदमारदेखि मायाकोटसम्म ट्याक् खन्ने काम भईरहेको छ,पाँच लाख रुपैयाँवाट रतनपुरदेखि सतिघाट र सासखर्कहुदैँ ओवाङ जोड्ने सडक खेन्ने काम हुदैछन । यिनी बडाको ठुला योजनाहरु रहेका छन । त्यस्तै खानेपानी, कल्भर्ट निर्माण, नाला निर्माण, विद्युत पोल विस्तारलगायतका धेरै कामहर भईरहेका छन । उपभोक्ताहरुको विकासप्रतिको इच्छाका कारण १२ नम्वर वडामा विकासको निर्माणको काममा ढिलाई भएको छैन ।

हाम्रो वडामा नगरस्तरि योजनावाट ९५ लाख रुपैयाँ परेको थियो । जस मध्य पाँच बर्षभित्र बटवपुरदेखि वडा कार्यालयसम्म सडक पिच गर्नका लागि नगरस्तरिय योजना अन्तर्गत ३५ लाख रुपैयाँ परेको छ, त्यस्तै जंखोली–तेलिया सिचाई आयोजनाका लागि सिचाई ड्याम निर्माणका लागि ५५लाख रुपैयाँ परेको छ र घोराही उपमहानगरपालिका वडा नं. १० र १२ नम्वर जोड्ने सौडीकुलमा कल्र्भट निर्माणकालागि पाँच लाख रुपैयाँ छ । यी योजनाहरु पनि कतिपय काम भईरहेका छन भने सिचाई ड्या निर्माणको योजना सुरु हुने अवस्थामा रहेको छ । त्यस्तै वडामा रहेका नौ वटा विद्यालयको शैक्षिक तथा भौतिक सुधारका काम भईरहेका छन ।
प्रश्नः तपाई जनप्रतिनिधिका रुपमा वडाको जिम्मेवारी सम्मालेको पनि करिव करिव दुई बर्ष पुग्न थाल्यो, यो विचमा के के काम गर्नुभयो ?

तपाईले भने जस्तै वडामा जनप्रतिनिधिका रुपमा निर्वाचित भएको दुई बर्ष पुग्न थालेको छ । यो विचमा वडाको विकासका लागि धेरै काम गरेका छौँ । साच्चै भन्नुपर्दा पहिलो बर्ष राम्रोसँग काम गर्न सकेनौ । धेरै बर्षपछि स्थानीय तहको निर्वाच्न भएको र नयाँ संरचनामा काम गर्दा केही ढिलाई भयो । तथापी वडाको विकासका लागि धेरै काम ग¥यौ । निर्वाचनका क्रममाा वडावासीसँग गरेको प्रतिवद्धता अनुसार नै विकास निर्माणलाई अगाडी बढाएका छौँ ।

तर प्रयाप्त बजेट नहुदा वडामा जनताको चाहना अनुसार धेरै काम गर्न सक्ने अवस्था छैन । वडामा धेरै चुनौतिहरु रहेका छन । हाम्रो वडामा भौगोलिक रुपमा विकट भएका कारण धेरै काम गर्नुपर्ने छ । वडाका माराकोट, गुरौउँ, ओकान, भलडाडा, श्रीचौर र च्यानगैरालगायतका गाउँहरुमा सडक सुविधा छैन । यी गाउँहरु वडाका विकट बस्तीका रुपमा रहेका छन । त्यहाँका जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउनुपर्नेछ । त्यसका लागि वडाका अन्यस्थानमा जस्तै सडक, विद्युत, खानेपानीलागयतका पूर्वाधार त्यहाँसम्म पु¥याउन आवश्यक छ ।

त्यही अनुसार मैले अहिलेसम्म वडामा सडक विस्तारलाई पहिलो प्राथामिकता दिएको छु । विकासको पहिलो पूर्वाधार भनेको सडक हो । गाउँमा सडक पुगेर गाडी मोटरहरु पुग्न सक्ने अवस्था आयो भने गाउँमा किसानहरुले कृषि व्यवसाय गर्नेछन । अहिले कतिपय गाउँमा स्थानीय तरकारी उत्पादन गरेपनि बजारसम्म पु¥याउने अवस्था छैन । त्यस्तैले मैले पाँच बर्षभित्र वडाका सवैबस्तीमा मोटर बाटो पु¥याउने योजना बनाएको छुु ।

वडावासीका मुख्य समस्याहरु केके हुन ? ति समस्याहरुलाई तपाईले कसरी समाधान गर्ने योजना बनाउनुभएको छ ?

मैले अनि नै भने वडा नं. १२ दुर्गम वडा हो । यहाँका कतिपय विकासका अत्यावश्यक सुविधा पुग्न सकेका छैनन् । घोराहीवाट तुलसीपुरको आखाँ अस्पताल जोड्ने सडक पिच हुन नसक्दा स्थानीयवासीलाई समस्या भएको छ । त्यस्तै नारायणपुर–वडा कार्यालय हुँदै रोल्पाको होलरी जोड्ने सडक निर्माणको कुरा चलेपनि सडक निर्माणको काम हुन सकेको छैन । यी दुवै सडकलाई पक्की सडकका रुपमा विकास गर्न सकियो भने हापुरले विकासको मुहार फर्नेछ ।

त्यस्तै वडामा प्रशस्त कृषी योग्य जमिन भएपनि सिचाईको सुविधा नहुदाँ वडामा आयआर्जनको वाटो छैन । जसले गर्दाँ अधिकांस युवाहरु आयआर्जनका लागि विदेशीय बाध्यछन । जसले गर्दा गाउँमा केही गर्ने युवाहरु छैनन । स्वास्थ्य चौकी गाउँमा भएपनि माथिल्लो तहको स्वास्थ्य सेवा स्थानीयले पाउँन सकेका छैनन । विद्यार्थीहरुलाइृ उच्च शिक्षा अध्ययन गर्ने वडामा विद्यालय छैन ।
यी सवै समस्याहरु समाधान गर्नुपर्ने दायित्व छ । तर हामीसँग सिमित बजेट हुन्छ । त्यो वाट एकै बर्षमा सवै काम गर्न सक्ने अवस्था छैन । त्यसैले विस्तारै विस्तारै जनताको आवश्यकताका आधारमा काम गर्ने सोच बनाउको छु । सडक नपुगेका बस्तीमा नयाँ सडकको ट्याक खन्ने काम भईरहेको छ, विग्रीएको सडक मर्मत सुधारसँगै ग्राभेल गर्ने काम भईरहेको छ, । त्यस्तै विद्युत विस्तारसँगै विद्युत सेवा पु¥याउनका लागि विद्युत पोल गाड्ने, तार तान्ने, खानेपानीको सुविधा पु¥याउने काम भईरहेको छ ।

त्यस्तै वडामा पानीको मुहान संरक्षणका लागि तीन वटा ड्याम निर्माण गर्ने सोच बनाएको छु । एउटा यहि बर्ष खनिने भएको छ । पानीको ड्याम निर्माणसँगै पानीको मुहान संरक्षण हुने र यसले सिचाई समेत गर्न सकिने भएकाले स्थानीयवासीलाई कृषि व्यवसाय गर्न सहज हुनेछ भनने हाम्रो अपेक्षा रहेको छ । र, त्यही अनुसार काम गरिरहेका छौँ ।

58375922_1174474569394650_673169203762561024_n (1)

तपाईले वडावासीको आयआर्जनको कृषिको विकास गर्ने कुरा गर्नुभयो । त्यसकालागि कस्तो योजना बनाउनुभएको छ ?

हाम्रो वडामा अन्य वडाहरुमा जस्तो कलकारखाना छैनन । यहाँ सहरी क्षेत्र पनि छैन । त्यसैले यहाँको विकासका लागि कृषिको विकास गर्न आवश्यक रहेको छ । त्यसका लागि सवैभन्दा पहिले सिचाई सुविधा आवश्यक छ । तत्कालिन हापुर गाविसका अध्यक्ष, वडाध्यक्षहरुदेखि अन्य नेताहरुले हापुरको विकासकालागि सडक बनाउछु, सिचाईको सुविधा गराउँछु र विद्युत ल्याउँछु भन्नु भयो तर अहिलेसम्म पनि बन्न सकेको छैन । त्यसैले मैले मेरै कार्यकालमा गाउँमा सिचाई सुविधाकालागि तीन वटा ड्याम बनाउने योजना बनाएको छु ।

जसले गदाृँ वडाका किसानलाई सिचाई गर्ने व्यवस्था मिलोस । पानीका मुहान संरक्षण हुन । जंगल हराभरा होस । गर्मी दिनमा सुक्ने कुवाहरु नसुकुन भन्ने सोचका साथ कृषिको विकासका लागि सिचाई सुविधा निर्माणसँगै किसानहरुलाई उन्नत जातको विउ वितरण, किसानलाई तालिमलगायतका कार्यक्रमहरु गर्दै आएका छौँ ।

तपाई वडामा जनप्रतिनिधिका रुपमा आईसकेपछि काम गर्न केही समस्या भएको छैन ?

तपाईले भने जस्तो जनप्रतिनिधिका रुपमा काम गर्न आईसकेपछि त्यस्तो ठ्याक्कै समस्या छँ केही भागेको छैन । विकास निर्माणका क्रममा कहिले काही केही विवादहरु आउने गरेका छन । ती विवादहरु पनि विपक्षी दलका नेतृत्व,स्थानीयवासीसँग मिलेर समाधान गर्दै विकास निर्माण गर्ने गरेका छौँ ।

झगडाले वडाको विकास नहुने भएकाले मलाई मेरा निर्वाचनका क्रममा उठ्नुभएका उमेदवारहरुले समेत सघाउने गर्नुभएको छ । विकास निर्माणलाई यसरी गर्दा सजिलो हुन्छ भनेर सल्लाह दिने गर्नुभएको छ । जनप्रतिनिधिका रुपमा आईसकेपछि अहिलेसम्म समस्या भोग्नु परेको छैन ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
मैले धेरै कुराहरु भनिसकेको छु । म जनप्रतिनिधिका रुपमा वडामा आएदेखि वडाको विकासमा लागेको छु । वडावासीको चाहना र आवश्यकतालाई मध्य नजर गर्दै वडाको विकासमा लागेको छु । पाँच बर्षभित्र वडाका सवै बस्तीमा सडक, विद्युतसँगै सिचाई सुविधा पु¥याउने लक्ष्म राखेको छु । त्यही अनुसार अहिले काम गरिहेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*