नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाले संविधान र संसदलाई बचाएको बताए।
फैसलापछि सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै नेपालले आजको फैसलाले चार वटा सन्देश दिएको बताए।
पहिलो, यसले नेपालको संविधानमा रहेका कतिपय व्याख्या गर्नुपर्ने कुरामा स्पष्टता ल्याइदिएको छ।
‘अर्को यो फैसलाले प्रधानमन्त्रीले जथाभावी गर्न पाउँदैनन् र राज्यका अन्य निकाय पनि संविधानको दायरामा बस्नुपर्छ भनेको छ,’नेपालले भने।
तेस्रो, यो फैसलाले हाम्रो संविधान र संसदलाई जोगाएको र जीवन दिएको नेपालले बताए।
‘चौंथो कुरा, दुबै पटक नै प्रतिनिधि सभा विघटन हुँदा सर्वोच्चले नै जोगाइदिएको छ। सर्वोच्च अदालतले नै संविधान र संसदको रक्षा गरेको छ,’ नेपालले भने,‘यसले सर्वोच्च अदालतको भूमिका र मर्यादालाई माथि उठाएको छ।’
RaptiSandesh RaptiSandesh