Home / Feature Breaking news / पत्रेखोलाको कजवे मर्मत हुँदै

पत्रेखोलाको कजवे मर्मत हुँदै

दाङ,२० असार । घोराही–तुलसीपुर सडक खण्डको पत्रेखोलामा विग्रिएको कजवे मर्मतको काम सुर भएको छ । लामो समयदेखि कजवेमा परेको खाडलका कारण पत्रेखोलामा यातायात सञ्चालनमा समस्या हुदै आएको थियो ।

निर्माणधिन पुल नबनेको र कजवेपनि विग्रिएपछि जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय दाङले तत्काल कजवे मर्मत कार्यलाई अघि बढाउन निर्देशन दिएको थियो । निर्देशनपछि सडक डिभिजन कार्यालय दाङले दुई दिन यातायात सेवा बन्द गरेर कजवे मर्मत कार्य सुरु गरेको हो ।

पत्रेखोलामा बर्षौदेखिको निर्माणाधिन पुल अलपत्र परेपछि नागरिकले दुःख पाउदै आएका छन् । । बर्षायाम सुरु भएसंगै पत्रेखोलामा आएको बाढी र पानी मुनिको पुलमा परेको खाल्टाका कारण नागरिकले सास्ती खेप्दै आएका छन् ।

नागरिकले उक्त खोलामा धेरै सास्ती पाएको गुनासो बढेपछि सहजताका लागी कजवे मर्मत कार्य सुरु गरिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । कार्यालयको पत्राचार अनुसार जिल्ला प्रशासन कार्यालय दाङले गएको शुक्रवार एक सार्वजनिक सुचना जारी गरी आईतवार विहानदेखी मंगलवार राती सम्म घोराही तुलसीपुर सडक अवरुद्ध हुने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*