Home / समाचार / कोभिड अस्पतालमा स्वास्थ्य सामग्री प्रदान गरिने

कोभिड अस्पतालमा स्वास्थ्य सामग्री प्रदान गरिने

दाङ, २१ जेठ । सीसा संस्था नेपालको संयोजनमा कारीतास नेपाल, कारीतास जर्मनीको आर्थिक सहयोगमा जिल्लाका कोभिड अस्पतालहरुमा स्वास्थ्य सामग्री प्रदान गर्ने भएको छ ।

शुक्रवार भएको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठक सीसा संस्थाका अध्यक्ष साजिदा सिद्धिकीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । जिल्लामा रहेका ४ वटा कोभिड अस्पतालहरुलाई २५ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिने सीसा संस्थाका अध्यक्ष साजिदा सिद्धिकीले जानकारी दिइन् ।

उनका अनुसार लमहीमा रहेको कोभिड अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पाताल, तुलसीपुरमा रहेको कोभिड अस्पतालमा प्रदान गरिने भएको छ । बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, कोभिड अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*