Home / Feature Breaking news / पत्रकार महासंघ दाङले बनायो ६ बेडको आइसोलेसन

पत्रकार महासंघ दाङले बनायो ६ बेडको आइसोलेसन

दाङ, २१ बैशाख । नेपाल पत्रकार महासंघ दाङले कोरोना संक्रमित पत्रकारका लागि आइसोलेसन स्थापना गरेको छ । महासंघको सोमबार बसेको बैठकको निर्णय अनुसार महासंघको घोराहीमा रहको भवनमा ६ बेडको अक्सिजनसहितको ६ आइसोलेसन वार्ड तयार गरेको महासंघका सचिव आर.के. शीतलले जानकारी दिएका छन् ।

महामारीको समयमा आइसोलेसन व्यवस्थापनका लागि महासंघ अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा मंगलवार बसेको बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ । बैठकले कोरोना संक्रमित पत्रकारकालागी स्थापना भएको आइसोलेसन व्यवस्थापनकालागी महासंघ दाङ शाखा अध्यक्ष केसीको संयोजकत्वमा कार्यसमिति, सल्लाकार, पूर्व अध्यक्ष एव सञ्चार संघसंगठनका प्रमुख रहेको मूल समिति गठन गरेको छ ।

त्यसैगरी उपाध्याक्ष बसुन्धरा गौतमको संयोजकत्वमा कार्यसमिति सदस्य कुलदिप न्यौपाने र सदस्य राधा पौडेल सदस्य रहेको स्वास्थ्य व्यवस्थापन समिति र उपाध्यक्ष सन्तोष सुवेदी संयोजकत्वमा सचिव आर.के.शीतल, निवर्तमान सचिव भुपेन्द्र वली, कार्यसमिति सदस्यहरु उदय विसी र गिरिराज नेपाली सदस्य रहेको आईसोलेशन कक्ष व्यवस्थापन समिति गठन गरिएको छ ।

सचिव शीलतका अनुसार बैठकले कोरोना महामारीमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतका फ्रन्टलाइनरहरुकालागी पनि आइसोलेसन अभाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक परेमा आईसोलेशन सञ्चालनकालागी महासंघको भवन उपलब्ध गराउन सकिने निर्णय गरेको छ ।
बैठकले नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार राहत सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ ।

जसकालागी नेपाल पत्रकार महासंघ दाङ शाखाको नाममा नेपाल बैंक लि. घोराही शाखामा रहेको खाता न. ०२७०१०००२६८४९७०००००१ मा आर्थिक सहायताकालागी सम्पूर्ण सहयोगी निकाय एवं व्यक्तीहरुलाई अपील गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*