Home / Feature Breaking news / लखन थापा स्मृति कप फुटबलको तयारी तिब्र पारिदै

लखन थापा स्मृति कप फुटबलको तयारी तिब्र पारिदै

लक्ष्मण बस्नेत
दाङ, २९ माघ । प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापाको स्मृतिमा दाङ तुलसीपुर अरनिको मैदान मा संचालन हुन लागेको लखन थापा कप जिल्ला स्तरिय खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७७ को तयारीलाई तिब्र पारिएको छ ।

नेपाल मगर युवा संघ तुलसीपुर को आयोजना तथा नेपाल मगर संघ तुलसीपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला कमिटी दाङको संयुक्त ब्यबस्थापन मा यहि फागुन २ गतेदेखि सुरु हुुने प्रतियोगितालाई भब्य एवं सभ्य बनाउन यतिबेला टिम दर्ता,प्रचारप्रसार, आर्थिक ब्यबस्थापन,खेलमैदान मर्मत लगाएतको तयारीलाई तिब्र पारिएको आयोजकले जानकारी दिएको छ ।

जहानिया राणा शासनका विरुद्ध नेपाली जनताको मुक्तिका लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवसका अबसरमा प्रतियोगीताको आयोजना गरिएको हो ।

स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा झण्डै २ दर्जन बढी टिमको सहभागिता रहने प्रतियोगिता संचालन मुल समितिका संयोजक घनश्याम पुनले जानकारी दिएका छन् ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउदै आयोजनामा गरिएको प्रतियोगिताको बिजेता टिमले नगद १ लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः ५० र २० हजार नगद,मेडल तथा प्रमाणपत्र हात पार्ने संयोजक पुनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*