Home / Feature Breaking news / राप्तीमा माघी मिलन कार्यक्रम : ‘थारु कला र संस्कृति संरक्षणमा जोड’

राप्तीमा माघी मिलन कार्यक्रम : ‘थारु कला र संस्कृति संरक्षणमा जोड’

राप्तीमा माघी मिलन कार्यक्रम : ‘थारु कला र संस्कृति संरक्षणमा जोड’

देउखुरी, २९ पुस । थारु जातिको नयाँ बर्षका रुपमा रहेको माघि पर्वको अवसरमा देउखुरीको राप्ती गाउँपालिका–७ बड्का सिसहनियामा माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

हिन्दुहरुको महान पर्व माघे संक्रान्ति तथा थारु समुदायमा नयाँ बर्षका रुपमा रहेको माघी पर्वको अवसरमा माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले थारु जातिका कला र संस्कृति संरक्षणमा जोड दिएका थिए । पछिल्लो समय नयाँ पुस्ताले आफ्नो सस्कृति र कला भुल्दै गएको भन्दै सहभागीले आफ्नो मौलिक कला सस्कृतिको संरक्षणमा जुट्नुपर्ने बताएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै राप्ती गाउँपालिका प्रमुख नुमानन्द सुवेदीले कला सस्कृतिको धनी जातिका रुपमा रहेको थारु जातिलाई आफ्नो कला र सस्कृतिको संरक्षणमा लाग्न आग्रह गरेका थिए । आधुनिकताको नाममा पछिल्लो समय थारु जातिको मौलिक कला र सस्कृति खतरामा रहेको भन्दै नयाँ पुस्तालाई आफ्नो कला र सस्कृति नछोड्न आग्रह गरेका थिए । उनले गाउँपालिका थारु जातिको कला र सस्कृतिको संरक्षणमा सदैव सहयोग गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रममा गाउँपलिका उपाध्यक्ष जगदम्वा चौधरीले माघी थारु समुदायको नयाँ बर्षसँगै नयाँ आर्थिक बर्ष समेत भएको बताइन । बर्षहरुको नयाँ योजना र घर व्यवस्थापनको योजना बनाएर मनाउने पर्वलाई खुशीका साथ मनाउन उनले आग्रह गरिन । साथै उनले सस्कार र सस्कृतिका नाममा विकृतिलाई नअंगाल्न समेत आग्रह गरेकी थिइन । ‘सस्कार र सस्कृतिका नाममा थारु समुदायमा जाड र रक्सी खानैपर्छ भन्ने छ, त्यसलाई हटाउनुपर्छ’–उनले भनिन्–‘सस्कारका नाममा गलत क्रियाकलापलाई अंगाल्न आवश्यक छैन ।’ उनले आफ्नो कला र सस्कृतिलाई नभुल्न समेत आग्रह गरेकी थिइन ।

राप्ती गाउँपालिका–७ मा रहेको सुगन्ध युवा क्लवको आयोजना तथा राप्ती गाउँपालिकाको सहयोग तथा वडा कार्यालयको सहकार्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा थारु संस्कृति झल्कने नाच, गीत, खानाका परिकार प्रस्तुत गरिएको थियो ।

सामाजिक विकास समिति संयोजक एवं वडा नं ७ का अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता एव गाउँपालिका उपाध्यक्ष जगदम्वा चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रम स्थानिय गीत संगीतको रक्षा तथा कला संस्कृतिको संरक्षण गर्दै आगामी पुस्तामा संस्कार हस्तान्तरण गर्नका लागि सहयोग पुराउने उदेश्यका साथ कार्यक्रममा पुराना थारु संस्कृति झल्कने भेषभुषा तथा गीत संगीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बड्का नाच, झुम्म्रा नाच, लट्ठीहवा नाच, धमार गीत, सोगिंया गीत प्रस्तुत गर्दै माघ महिनाको सास्कृतिक महत्व तथा थारु गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, वडा नं १ का वडा अध्यक्ष ताराबहादुर डिसी, संघीय मामिला मन्त्रालयका बामदेव वली, नेपाली काग्रेसका दुयोर्धन पाण्डे, वडा नं। ७ का सदस्य भीमलाल चौधरी, राप्ती सामुदायिक वन महासंघका अध्यक्ष हरि भुसाल, प्रगतिनगर खानेपानी सरसफाई तथा उपभोक्ता सस्थाका अध्यक्ष शान्तराज शर्मा, राप्ती होमस्टे सञ्चालक समितिका अध्यक्ष प्रेमलाल चौधरी, गाउँका अगुवा रोहनप्रसाद चौधरीलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । युवा क्लवका अध्यक्ष कमलनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मित्रदेव चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*