Home / Feature Breaking news / नेपाल औषधी व्यवसायी संघ दाङ शाखा अध्यक्षमा पौडेल

नेपाल औषधी व्यवसायी संघ दाङ शाखा अध्यक्षमा पौडेल

दाङ, २५ पुस । नेपाल औषधी व्यवसायी संघ दाङको अध्यक्षमा विष्णुप्रसाद पौडेल चयन भएका छन् ।

संघको शनिवार घोराहीमा भएको भेलाले पौडेलको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो । समितीको उपाध्यक्षमा मधुसुदन पाण्डे, महासचिवमा निमकुमार रावत (धुब) , कोषाध्यक्षमा गिरीराज न्यौपाने, सचिवमा श्यामकुमार गिरी, उप कोषाध्यक्षमा राजीमान वुढा छन् ।

समितिका अन्य सदस्यमा भविश्वर भुसाल, महेन्द्र रावत र कृष्ण श्रेष्ठ चयन भएका छन् । कार्यक्रम नेपाल औषधी व्यवसायी संघ राप्ती शाखा अध्यक्ष भुवनेश्वर वुढाको अध्यक्षता तथा नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य प्रकाशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

त्यस अवसरमा राप्तीका पुर्व अध्यक्षहरु यमप्रसाद गुप्ता, प्रदिप कुमार योगी,पुर्व उपाध्यक्ष कुलवहादुर घर्ति र नेपाल फार्मेमी संघ दाङका अध्यक्ष सुलभ अधिकारी लगाएतकाले मनतव्य राखेका थिए । कार्यक्रमको सहजिकरण राप्ती शाखाका महासचिव राजेन्द्र श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*