Home / Feature Breaking news / सरकार विरुद्धको प्रदर्शनमा काँग्रेस नेता दीपक गिरी दाङमा खट्ने

सरकार विरुद्धको प्रदर्शनमा काँग्रेस नेता दीपक गिरी दाङमा खट्ने

तुलसीपुर, २८ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरी सरकार विरुद्धको प्रदर्शनका लागि दाङमा खटिने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका विरुद्धमा पर्दशन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय सदस्य गिरीलाई गृह जिल्ला दाङमा खटाएको छ ।

कांग्रेसले ओली नेतृत्वको सरकार सर्वसत्तावादको बाटोमा गएको,भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल रहेको भन्दै त्यसको विरोधमा मंसिर २९ गते देशभर सडक प्रदर्शन गर्न लागेको छ । प्रदर्शनका लागि काँग्रेसले नारापनि केन्द्रबाटै तय गरि सकेको छ ।

‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा काँग्रेसले तय गरेको छ । यसैबीच काँग्रेस केन्द्रीय सदस्य गिरीले दाङको घोराहीमा हुने प्रदर्शनमा सबै नेता कार्यकर्तालाई सहभागिताको लागि फरककोण मार्फत आग्रह गरेका छन् ।

मंसिर १७ गते दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न पुगेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रशासन र नेकपाका नेता कार्यकर्ताले अवरोध गरेका थिए । त्यसपछि कांग्रेसले सरकारले अधिनायकबादी चरित्र पर्दशन गरेको भन्दै काँग्रेसले आन्दोलनको घोषणा गरेको हो ।

त्यसैका विरुद्ध हुन लागेको देशैभरको प्रदर्शनमा केन्द्रीय कार्यालयबाटै काँग्रेसले प्रतिनिधि खटाएको छ । काँग्रेस शीर्ष नेताहरूले देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्ने भएका छन् । तर, कोरोना भाइरसको त्रासदीका कारण यसअघि गत फागुनदेखि सार्वजनिक कार्यक्रम नगर्न मातहत निकायलाई काँग्रेस केन्द्रिय कार्यालयले निर्देशन दिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*