Home / Feature Breaking news / बर्कानाँचको बृत्तचित्र तयार

बर्कानाँचको बृत्तचित्र तयार

दाङ ११ मसिर । घोराही उपमहानगरपालिकाले थारुसमुदायको बर्का नाँचको बृत्तचित्र र थारु प्रदर्शनकारीकला पुस्तक तयार पारेको छ । उपमहानगरपालिकाको आर्थिक सहयोगमा थारु कल्याणकारिणीसभा दाङले बृत्तचित्र निर्माण र थारु प्रदर्शनकारीकला पुस्तक तयार पारेको हो ।

उक्त बृत्तचित्र र पुस्तकको विहीवार नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, थारु कल्याणकारिणिसभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी र जिल्ला अध्यक्ष भुवन चौधरीले विमोचन गरेका हुन । लोप उन्मूख अबस्थामा रहेको थारु समुदायको बर्का नाँचलाई भिडियोमा संग्रहीत गर्ने र थारु समुदायको इतिहास, कला संस्कृत, भेषभुषा, भाषा र परम्परालाई समेटि पुस्तक तयार पारिएको हो ।

विमोचन कार्यक्रममा नगर प्रमुख चौधरीले थारु समुदायको कला संस्कृती सम्पत्ती भएको र यसको संरक्षणमा सरकारले सहयोग गर्ने र थारु समुदायले नै बढी चासो दिनु पर्ने बताए । थारु समुदायको कला संस्कृतीलाई प्रदर्शन एवं आम्दानी सँग जोड्न समेत आग्रह गर्नुभयो । त्यसैगरी, उपप्रमुख सीता सिग्देल न्यौपानेले थारु समुदायको संस्कार र ईतिहासलाई लिपिबद्ध गर्न सक्नु नै सम्पत्तीको जगेर्ना गर्नुभएको उल्लेख गरिन ।

त्यसैगरी पुस्तकका अध्ययता डा. गोबिन्द आचार्य, थारु कल्याणकारीणि सभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरीले प्राचिन काल सँग जोडिएको बर्का नाँच र इतिहासको संरक्षण भएको बताए । सभाका सदस्य बसन्त चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब प्रकाश चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*