शरद रेग्मी
दाङ, १४ बैशाख ।
कोरनाको प्रकोपबाट प्रभावित पैदल यात्रीका लागी दाङको तुल्सिपुरमा संचालित मेसमा पत्रकार चेतन रेग्मीले खाद्यान्न सहयोग गरि जन्मदिन मनाउनुभएको छ ।
रेग्मीले सय किलो चामल,पच्चीस किलो दाल र दस किलो नुन उद्योग बाणिज्य सङघ तुलसीपुरका अध्यक्ष विरबहादुर रावतलाई हस्तान्तरण गरेका छ्न ।
कोरोना कहरका कारण हजारौं पैदल यात्रिहरु बिचल्लिमा परेपछि तुलसिपुरमा सामाजिक सस्थाहरुले सामुहिकरुपमा मेस सन्चालन गरिरहेका छन ।
सोहि मेसमा पत्रकार चेतन रेग्मीले जन्मदिनको अबसरमा खाधान्न सहयोग गर्नु भएको हो ।
लक डाउनले गर्दा जन्मदिन मनाउने पैसा बचत भयको थियो सोही पैसा मेसमा सानो सहयोग गर्न पाउदा सामाजिक काम मा हातेमालो हुने जन्मदिन पनि मनाइने भयकोले सहयोग गरेको रेग्मीले बताउननभयो ।
‘साथिभाइ सङ्ग बसेर रमाइलो गर्ने पैसाले केही भोकै बस्न बध्यभयकाहरुको पेट भरिन सक्छ त्यसैले सामाजिक सस्थाहरुले सन्चालन गरेको यो पबित्र कार्यमा सबैले हातेमालो गरि सहयोग गरिदिन म सबैलाई आग्रह पनि गर्दछु’ रेग्मीले भन्नुभयो ।