Home / Feature Breaking news / लमहीमा नगर शिक्षा योजना निर्माणको तयारी

लमहीमा नगर शिक्षा योजना निर्माणको तयारी

देउखुरी, २६ असोज । लमही नगरपालिकाले पञ्च वर्षीय नगर शिक्षा योजना निर्माणको काम थालेको छ । नगर शिक्षा समितिको बिहीवार बसेको नगर शिक्षा समितिको बैठकले योजना निर्माणका लागि सामाजिक विकास समितिका संयोजक गणेशमान चौधरीको संयोजत्वमा ७ सदस्यीय मस्यौदा कार्यदल समिति गठन गरेको छ ।

आगामी शैक्षिक सत्र २०७६ सम्ममा नगरपालिकाभित्रका आधारभूत विद्यालय उमेर समूहका सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालयमा भर्ना गराउने र निशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ नगर शिक्षा योजना निर्माणको काम थालेको नगर प्रमुख कुलबहादुर केसीले बताएका छन ।

नगरपालिका भित्रका कतिपय बस्तीहरुमा अहिले पनि विद्यालय उमेर समूहका केही बालबालिका विद्यालय भर्ना हुन नगएको, भर्ना भएर पनि बिचैमा पढाइ छाडेको एवंम् सामुदायिक विद्यालयको सिकाइ उपलब्धि समेत कमजोर भएको कुरा अनुगमनबाट देखिएको हुंदा यी कुराको सुधारको लागि नगर शिक्षा योजना केन्द्रित रहने प्रमुख केसीको भनाइ छ । “नगरपालिकाको शिक्षालाई थप सुधार गर्दै लैजान के कुरा आवश्यक छ, भन्ने कुरा सरोकारवालाको छलफलबाट गरी योजना निर्माण गर्ने तयारीमा लागेका छौ’, संयोजक गणेशमान चौधरीले भने,‘ सरोकारवालाले दिएको सुझावको आधारमा समितिले ३ महिनाको समय सिमाभित्रै मस्यौदा तयार गरी शिक्षा समितिमा पेश गर्ने छौ ।’

यसैगरी नगर शिक्षा समितिले जहाँ विद्यार्थी तहाँ शिक्षक पु¥याउने योजनाका साथ नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा शिक्षक दरबन्दी मिलानको काम समेत गर्ने भएको छ । शिक्षा समिति बैठकले दरबन्दी मिलानको तयारी र आवश्यक गृहकार्य गर्नको लागि सामाजिक विकास समितिका संयोजक गणेशमान चौधरीकै अध्यक्षतामा नगरपालिका अन्तरगत शिक्षक महासंघका प्रमुख एवंम् शिक्षकका पेशागत प्रमुखहरु समेत रहने गरी कार्यदल गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*