Home / Feature Breaking news / व्यवसायी रिजालद्धारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

व्यवसायी रिजालद्धारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

तुलसीपुर, १२ बैशाख । तुलसीपुरका युवा व्यवसायी बिमल रिजालले तुलसीपुर क्षेत्रमा सञ्चालन भईरहेका संचार गृहका श्रमजीबिहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएका छन् ।

३० जना पत्रकारहरुलाई पुग्ने गरि सेनिटाईजर,ग्लोब्स र मास्क तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका रिजालले उपलब्ध गराएकाहुन् ।

उक्त सामाग्री पत्रकार अर्जुन गिरी,नारायणी रजौरे,सुशील बस्नेत,शरद रेग्मीलाई हस्तान्तरण गरेका हुन । प्राप्त ती सामाग्री पत्रकार शरद रेग्मीलाई बितरणका लागि जिम्मा लगाईएको छ ।

बिश्वभर फैलीएको कोभीड १९ को सर्तकता र सचेतनाका लागि अग्रपंक्तीमा गई समाचार संकलन गर्नुपर्ने अबस्थामा श्रमजीवि पत्रकारहरु समेत स्वास्थ्य सुरक्षामा संबेदनशील हुने भएकाले स्वास्थ्य सामाग्री उपलब्ध गराईएको रिजालले जानकारी दिएका छन् । रिजालले श्रमजीवि पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै रिजाललाई धन्यवाद दिएका छन् ।

त्यस्तै तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाले लकडाउनको मारमा परेका यात्रु तथा लकडाउन कार्यान्वयनकालागि खटिनेहरुलाई निःशुल्क खानेपानी उपलब्ध गराएको छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको क्यारेन्टाइन, लकडाउनका कारण अलपत्र परेका यात्रुहरु, सुरक्षाकर्मी, यात्रुहरुको उद्दारमा खटिएका विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई निःशुल्क खानेपानी उपलब्ध गराउने अध्यक्ष खेमराज वलीले बताए ।
लकडाउनको अबधीभर यो सेवालाई निरन्तरता दिने कोषाध्यक्ष सिताराम शर्माले बताए । ‘हामीले लकडाउनको समयमा हरेक क्षेत्रमा समस्या देखिएपछि खानेपानीले निःशुल्क रुपमा पानी उपलब्ध गराउने निर्णय गरकाछौं । क्यारेन्टाइनहरुमा र लकडाउनका कारण अलपत्र परेका तुलसीपुर भएर जाने नागरिकका लागि चौकमा मिनरल वाटरको व्यवस्थापन गरिएको सस्थाका सदस्य रञ्जनकुमार गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*