Home / Feature Breaking news / दाङमा लकडाउन उल्लंंघन गर्ने ३ सय ५० सवारी साधन प्रहरीद्वारा नियन्त्रण

दाङमा लकडाउन उल्लंंघन गर्ने ३ सय ५० सवारी साधन प्रहरीद्वारा नियन्त्रण

दाङ, ११ चैत ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउन उल्लंघन गर्ने ३ सय ५० सवारीसधानलाई प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको पहिलो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सवारीसाधनसँगै चालकलाई नियन्त्रणमा लिएको हो ।

लकडाउन उल्लंघन गर्ने २ सय ७३ वटा मोटरसाइकल, ३६ वटा ट्रक, सानो गाडी १३ वटा, टिप्पर १० वटा, अटो १० वटा,टेक्टर सात वटा र एउटा बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन ।

कोरोना भाइरसको संभावित जोखिमबाट बच्नका लागि सरकारले गरेको लकडाउनमा अटेरी गरि चलेका सवारीसाधनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक खड्काले बताए । उनका अनुसार सवैभन्दा धेरै सवारीसधान तुलसीपुरमा पक्राउ परेका छन ।

तुलसीपुरमा इलाका प्रशासन कार्यालयले एक सय ८७ वटा सवारीसाधन पक्राउ गरेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङले २४ वटा, जिल्ला ट्राफिक प्रहरी कार्यालयले ३२ वटा, वडा प्रहरी कार्यालय लमहीले ४८ वटा,इलाका प्रहरी कार्यालय नारायणपुरले २१ वटा, वडा प्रहरी कार्यालय घोराहीले १८ वटा, इलाका प्रहरी कार्यालय भालुबाङले १२ वटा,प्रहरी चौकी दुईखोलीले ५ र कमिरेचोरले ३ वटा सवारीसाधन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका सवारीसाधनका चालकहरुलाई पुन गल्ती दोह्राए कानुन बमोजिम कारवार्ही गर्ने चेतावनीसहित छोडेको प्रहरीले जनाएको छ ।

जिल्लामा एम्बुलेन्स,पानी,फोहोर बोक्ने सवारीसाधन सञ्चालनसँगै औषधि,डेरी, खाद्यन्नलगायतका पसलहरु खुल्ला रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*