Home / Feature Breaking news / शरण सम्झना कपको उपाधि रतनपुर–११ लाई

शरण सम्झना कपको उपाधि रतनपुर–११ लाई

दाङ,२६ पुस । शरण सम्झना कप–२०७६ को उपाधि घोराहीको रतनपुर–११ ले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा तुलसीपुरको सक्सेस फुटबल क्लवलाई सुन्यका विरुद्ध १ गोलले हराउदै रतनपुर–११ ले शरण सम्झना कपको उपाधि हात पारेको हो ।

घोराही उपमहानगरपालिका वडा नं. १८ को नवलपुर खेल मैदानमा भएको फाइनल खेलमा उपाधि जितकालागि रतनपुर–११ का जर्सी नं. २ का खेलाडी असिम गुरुङले एक गोल गरेका थिए । निकै प्रतिष्प्रधात्मक खेलमा सक्सेसका डिफेन्डरले डि बक्सभित्र फाउल गरेपछि रतनपुर–११ ले पेनाल्टी पाएको थियो । पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्दै रतनपुले उपाधि हात पारेको हो । कडा प्रतिष्प्रर्धा भएको उक्त खेलमा सक्सेका किपरले उत्कृष्ठ बचाउ गरेका थिए ।

शरण सम्झाना कपको उपाधिसँगै बिजेता रतनपुर–११ ले नगद ५५ हजार ५ सय ५५ रुपैयासहित शिल्ड,प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपबिजेता सक्सेस फुटबल क्लवले नगद २५ हजार ५ सय २५ रुपैँयासहित शिल्ड,प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको समापन कार्यक्रम राप्ती क्लवका अध्यक्ष बसन्त पुरीको अध्यक्षता तथा प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष भरत अर्यालको विशिष्ट आतिथ्यतामा भएको थियो । समापन कार्यक्रमको सहजीकरण क्लवका सचिव श्याम गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*