Home / Feature Breaking news / प्रदेश ५ को राजधानी दाङ बनाउन पहल गर्छुः प्रचण्ड

प्रदेश ५ को राजधानी दाङ बनाउन पहल गर्छुः प्रचण्ड

दाङ,२० कार्तिक । नेकपाका अध्यक्ष एव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् । राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने भएकाले त्यसको केन्द्र बनाउनुपर्ने बताएका हुन ।

प्रेस संगठन दाङले बुधवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले दाङ विगतदेखि नै परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला भएकाले प्रदेशको केन्द्र बनाउन उपयुक्त रहेको बताएका थिए । ‘यो प्रदेशको केन्द्र निर्माणमा दाङ जिल्ला एउटा महत्वपूर्ण जिल्लाको रुपमा उभिएर आउँछ भन्ने मेरो विश्वास रहेको छ’, प्रचण्डले भने, ‘ मैले त्यसको निम्ति आफ्नो ठाउँबाट हिजो पनि पहल गर्दै आइको थिएँ र भोलि पनि गर्नेछु । ’

प्रदेशको राजधानी टुंगो लागिसकेपछि विकास प्रक्रियाले गति लिने बताउँदै प्रचण्डले अगाडि थपे, ‘दाङ जिल्लाले खेल्ने भूमिका प्रदेशस्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण भएर आउँछ भन्ने विश्वास छ र हाम्रो तर्फबाट त्यो कोसिस भई नै राखेको छ ।’ दाङ पुग्दा आफूलाई न्यानो अनुभूति हुने गरेको भन्दै प्रचण्डले विकासमा दाङले फड्को मारेकोमा प्रसन्नता व्यक्त गरे ।

त्यस्तै उनले महरा आफनै गल्तीका कारण समस्यामा परेको बताएका छन । ‘महराजीले क्रिमिनल अपराध त गर्नुभएको होइन, तर नैतिक त्रुटी गर्नुभएकै हो’,उनले भने, ‘घटना सुन्नासाथ मैले नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई के भएको हो भनेर बुझ्न पठाए, तर उहाँले सही कुरा बताउनु भएन ।’ अध्यक्ष प्रचण्डले थपे, ‘त्यसपछि म आफै जाँदा पनि उहाँले सही कुरा बताउनुभएन यो उहाँको अर्को गंभिर गल्ति भयो ।’ अहिले अदालती प्रक्रियामा रहेकाले धेरै नबोलेको समेत बताएका थिए ।

पत्रकार सम्मेलन प्रेस संगठनका नेता जेएन सागरको अध्यक्षतामा भएको थियो । प्रकाश चौधरीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण पाण्डव शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*