अमरराज आचार्य
दाङ,१६ साउन । मदिरा सेवन गर्दै हुनुहुन्छ, साथमा मदिरा रहेको छ वा उत्पादन गदै हुनु हुन्छ भने तपाई सचेत हुनुहोला । दाङको घोराही उपमहानगरपालिका वडा नं १८ का विभिन्न दश टोल विकास सस्थहरले मदिरा सेवन, उत्पादन र विक्रि वितरणमा रोक लगाएका छन ।
निर्णय विपरित मदिरा सेवन गर्ने, उत्पादन गर्ने वा ओसार प्रसार गरेमा जरिवाना गरिने भएको छ । लाइसेन्सवाला तथा घर पालुवा दुवै मदिरालाइ रोक लगाइएको हो । गिठेपानी फुर्सेखालीमा रहेका दश वटा टोलविकास संस्थाले संयुक्त रुपमा निर्णय गरेर यस्तो अभियान थालेका हुन ।
दश वटा टोलविकास संस्थाले साउन २ गते यस्तो निर्णय गरेका थिए । उक्त क्षेत्रमा रहेका खरकट्टी टोल विकास संस्था, दिदी वहिनी टोल विकास संस्था, गाउँवेसी टोलविकास संस्था, प्राचिन भयर स्थान टोल विकास संस्था, सुनडवरी टोल विकास संस्था, मिलीजुली टोल विकास संस्था, जलुके टोल विकास संस्था, गिठेपानी टोल विकास संस्था, लेकवेसी टोल विकास संस्था, गैरावारी सिंचाई डयाम टोल विकास संस्थाले मदिराका कारण गाउँमा झैझगडासँगै समाजमा बालबालिकाहरुमा नकारात्मक असर पर्ने गरेको भन्दै यस्तो निर्णय गरिएको सुरक्षा स्वयसेवक समितिका संयोजक मात्रिका पाण्डेयले बताए ।
समितिले घोराही उपमहानगरपालिका वडा नं. १८को वडा कार्यालय र वडा प्रहरी कार्यालय घोराहीसंग सहकार्य गरेर उक्त क्षेत्रमा मदिरा मुक्त क्षेत्र बनाउन लागि परेको संयोजक पाण्डेयले बताए ।
ं लागुऔषध सेवन तथा ओसार प्रसार, तास खेल्न तथा क्यारामवोर्ड खेल्न समेत समितिले रोक लगाएको छ । साउन १५ गते आजवाद नियम उल्लङघन गर्नेलाई कारवाही गरिने सुरक्षा स्वयसेवक समितिका सदस्य दिनेश वलीले बताए । मदिरा सेवन, उत्पादन, ओसारप्रसार गरेको भेटाएमा पहिलो पटकलाई ५ हजार र त्यसपछि क्रमश दोब्वर जरिवाना गरिने सदस्य वलीले जानकारी दिए ।
टोलमा सचेतनाका लागि माईकिङसँगै प्रत्येक टोल विकास संस्थाहरुमा सचेतना मुलक वोर्ड राखिएको छ । गाउँमा समितिले निर्णय गरेर माईकिङसँगै बोर्ड राखेपछि अहिले गाउँमा मदिरा विक्रि वितरणसँगै तास खेल्ने, क्याराम वोर्ड खेल्न छोडिएको बताए । ‘ मदिरा विरुद्धको अभियानले गाउँमा सकारात्मक प्रभाव पर्ने हाम्रो विश्वास रहेको छ’,संयोजक पाण्डेयले,‘ त्यसका लागि गाउँका सम्पुर्ण एकजुट हुने निर्णय गरेका छौँ ।’ मदिराले समाजमा नकारात्मक प्रभाव पर्ने भएकाले यस प्रकारको अभियान थालेको उनको भनाई छ ।
टोल विकास सस्थाहरुले थालेको अभियानलाई सफल बनाउन वडा कार्यालय र वडा प्रहरी कार्यालयले समेत सहयोग गरेका छन । मदिरा सेवन गरेपछि समाजमा झै भण्डा वढने, हिसात्मक क्रियाकलाप बढ्ने, चोरीका घटना बढ्न थालेकाले अभियान सुरु गरिएको समितिले बताएको छ ।