तुलसीपुर, ३१ जेठ
तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडा कार्यालयको आयोजनामा वडा भित्रका टोल विकास संस्थाका पदाधिकारीहरुका लागी आज देखि ३ दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ ।
वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा वडा सदस्यहरु निर्मा चौधरी, खिमा कुमारी विक, वडा सचिव भुवनेश्वर अधिकारी, पुर्व वडा अध्यक्ष लिलाधर डांगी लगायतले टोल विकास संस्थालाई प्रभावकारी वनाउन सके विकास निर्माण थप सहयोग पुग्ने धारणा राखेका थिए ।
वडा सदस्य घनश्याम गौतमको स्वगत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण वडाकी कर्मचारी लक्ष्मी चौधरीले गरेकि थिईन् ।
अभिमुखिकरण कार्यक्रमको आजको सत्रमा तुलसीपुर उपमहानगरपालिकाको कार्यालयका साखा अधिकृतहरु भिम वहादुर खत्री र अनन्त गौतमले टोल विकास संस्थाको महत्व, पदाधिकारीहरुको काम कर्तव्य तथा पदाधिकारीहरु जानकारी लिनुपर्ने विषय सम्वन्धी प्रशिक्षण दिएका थिए । अभिमुखिकरण कार्यक्रम ३ दिन सम्म चल्ने छ ।