Home / समाचार / राजनीतिक चरित्र प्रस्तुत गर्न सत्तारूढ दललाई दाङ काग्रेसको आग्रह

राजनीतिक चरित्र प्रस्तुत गर्न सत्तारूढ दललाई दाङ काग्रेसको आग्रह

दाङ,१० बैशाख । नेपाली काग्रेस दाङले नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापति तिलक रावतलाई राजनीतिक प्रतिसोधमा मुद्धा चलाईएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सामान्य विवादको घटनालाई राजनीतिक रंग दिई सत्ताको आडमा ज्यान मार्ने उद्योग जस्तो जघन्य आरोप लगाई मुद्धा दर्ता गरेको भन्दै दाङ काग्रेसले आपत्ति प्रकट गरेको हो । नेपाली काग्रेस दाङका सभापति किर्तीबहादुर खड्काद्वारा जारी विज्ञप्तीमा तत्काल आरोप फिर्ता लिई घटनाको यथार्थ पत्ता लगाई राजनितिक चरित्र प्रस्तुत गर्न र आम नागरिकलाई न्यायको अनुभूति दिलाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*