दाङ,२८ फागुन । जी.पी कोइराला फाउण्डेशन घोराही उपमहानगरपालिका समितिको संयोजकमा श्यामप्रसाद सुवेदी चयन भएका छन ।
फाउण्डेशनको मंगलवार घोराहीमा परिचयात्मक कार्यक्रमको आयोजना गरि सुवेदीको अध्यक्षमा समिति गठन गरेको हो । जसको उप–संयोजकमा द्रोपदा न्यौपाने,सचिवमा लुमासिंङ बस्नेत, कोषाध्यक्षमा शरद खनाल रहेका छन । समितिको सदस्यहरुमा राजकुमार चौधरी, धनकुमारी पुन, अजय केसी, गोपाल नेपाली, लक्ष्मण गुप्ता, बदरुदीन राईन, नारायणप्रसाद भुषाल, रंजित श्रेष्ठ र बिन्दु पाण्डे रहेका छन ।
समितिका संयोजक श्यामप्रसाद सुवेदीको अध्यक्षता तथा ५ नम्वर प्रदेश सदस्य केशव आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलाले भुपबहादुर डागी, गिरिराज सुवेदी, देवराज लामिछाने, कृष्ण गिरी, प्रकाश श्रेष्ठ, किरण रेग्मी र हुमाकान्त अधिकारी रहेका छन ।
कार्यक्रममा जी.पी फाण्डेशनका जिल्ला संयोजक खगराज पाण्डेय, नेपाली काग्रेसका घोराही नगरसभापति मनोज बुढाथोकी, प्रजातान्त्रीक उद्यगी संघका स्थापक अध्यक्ष हुमाकान्त अधिकारी, नेपाली काग्रेसका पूर्व नगर सल्लाहकार किरण रेग्मी, नेपाल प्रध्यापक संघका केन्द्रीय सदस्य प्रकाश श्रेष्ठ, नेपाल विद्याथीं संघका कार्यवाहक अध्यक्ष टोपबहादुर बिसी, महिला संघ दाङका अध्यक्ष गोमा रावत, नेपाली काग्रेस क्षेत्र नं. ३का उपसभापति भगतसिंह भण्डारीलगायतले बोलेका थिए ।