Home / Feature Breaking news / तुलसीपुरमा कर्मचारीमाथि तरवार प्रहार

तुलसीपुरमा कर्मचारीमाथि तरवार प्रहार

दाङ,१७ फागुन । तुलसीपुरमा एक युवामाथि तरवार प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौर निवासी अन्दाजी २४ बर्षीय गणेश हमालमाथि शुक्रवार दिउँसो ३ बजेतिर तरवार प्रहार भएको प्रहरीले बताएको छ ।

तरवार र खुकुरी प्रहारबाट हमालको टाउको, ढाड र खुट्टामा गहिरो चोट लागेको छ । घाइते हमाललाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल प्रारम्भीक उपचारपछि थप उपचारको लागि नेपालगंज रेफर गरिएको छ ।

ट्याक्सी समितिका कर्मचारीसमेत रहेका हमालमाथि तुलसीपुर सल्यान रोडको नयाँ ट्याक्सी काउन्टरमा बसी रहेको समयमा चार÷पाँच जनाको संख्यामा रहेका अपरिचित युवाहरुको समूहले तरवार र खुकुरी प्रहार गरेको थिए ।

यसैबीच ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले तरवार र खुकुरी हानेर फरार युवाहरुको खोजी भइरहेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*