Home / समाचार / लिटिल एन्जलद्धारा विद्यार्थीलाई पुरस्कार वितरण

लिटिल एन्जलद्धारा विद्यार्थीलाई पुरस्कार वितरण

घोराही, २९ माघ । घोराहीमा रहेको लिटिल एन्जल स्कुलले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले मंगलवार एक कार्यक्रमको आयोजना गरि बर्षभरी सञ्चालन गरेका अतिरिक्त क्रियाकलापका उत्कृष्ठ विद्यार्थी, विद्यालयको स्थापना दिवसका अवसरमा सञ्चालन गरेको खेल सप्ताहका बिजयी, घोराहीमा सञ्चालन भएको पोल्टी महोत्सवका बिजयी विद्यार्थी, विज्ञान प्रदर्शनीका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

51351619_2350848685136503_1834865846246178816_n

विद्यालय सञ्चालक समितिका सदस्य तथा विद्यालयका भाइस प्रिन्सीपल बिमल कुमार रोकाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमको प्रमुख आतिथ्यता एव नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद नरेन्द्र केसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

51533783_400066600754103_5467727881612296192_n

वातावरण संरक्षण सम्वन्धी विभिन्न परियोजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक पूर्णचन्द्र गिरीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका प्रिन्सीपल यादव गिरीले गरेका थिए । विद्यालयको २२ औँ स्थापना दिवसका अवसरमा खेल सप्ताह सञ्चालन गरेको थियो ।

विद्यार्थीहरुले प्रस्तुत गरेका विज्ञान प्रदर्शनीका चित्रहरु

51651990_589294431901092_8693808165600362496_n

51769693_246555456224410_7743705522200641536_n

51828317_283217745689610_5789710391403610112_n

51769693_246555456224410_7743705522200641536_n

na

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*