Home / समाचार / गाउपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र

गाउपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र

दाङ,२२ माघ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले प्राकृतिक श्रोत साधन तथा नदि जन्य पदार्थ को अनियंत्रित उत्खननका विरुद्धमा राजपुर गाउपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीले मंगलवार गाउपालिका अध्यक्ष लोकराज केसीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन । प्राकृतिक श्रोतसाधन तथा नदिजन्य पदार्थको अनियन्त्रित उत्खनन् तथा बाहिर निकासी तत्काल रोकिनु पर्ने, स्थानीय उपभोक्ताले सहजरुपमा उपभोग्य बस्तु पाउनु पर्नेलगायतका माग राखी जनमोर्चाले ध्यानाकर्षण पत्र गाउपालिका प्रमुखलाई बुझाएको हो ।

उक्त पत्र बुझ्दै गाउपालिका अध्यक्ष केसीले अनियंत्रित उत्खनन रोक्ने प्रयास गरेपनि आफु सफल हुन नसकेको बताएका थिए । अवैध उत्खनन रोक्नका लागि नदिजन्य बस्तुको निकासीलाई टेन्डर प्रक्रियावाट उत्खनन गर्ने कार्यको सूरुवाट गर्न थालेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*