Home / Feature Breaking news / मलको लागि गड्यौलाको खेती

मलको लागि गड्यौलाको खेती

दाङ । मलको लागि जिल्लामा गड्यौला खति नै गरिएको छ । गढवा गाउँपालिका ५ धर्मापुरका महिला कृषकले गड्यौला खेती गरेका हुन । स्थानीय सृर्जजना चौधरी र देशनी चौधरीले विगत केही सयमदेखि मल उत्पादनको लागि भनेर गाउँमै गड्यौला खेती गर्दै आएका छन् । चितवनबाट गड्यौला लिएर खेती नै गरेको उनिहरुले बताएका छन् । प्राङगारिक मल उत्पादनको लागि गड्यौला खेती गरेको कृषक सृजना चौधरीले बताइन ।

मसिरमा चितवनबाट गड्यौला लिएर राखेका हौ । गड्यौला विस्तार ठुलो हुदै गएको छ’ उनले भनिन ‘ अव केही समयपछि यसले मल दिने छ ।’ उनले २ हजार ५ सय किलो गड्यौला किनेर ल्याएको समेत बताइन । ‘गड्यौला महगो छ । त्यहीपनि हामीले सुरुवात गरेका छौ ’ उनले भनिन । बारीमै उनले घरले छाएको टहरो बनाएर गड्यौला पालेका छन् । कुहिएर खेर जाने वस्तु गड्यौलालाई खुवाएर मल बनाउने बताइन । जहाँतहीँ फालिएका कुहिएर खेर जाने वस्तु संकलन गरेर उनले गड्यौलालाई खुवाउने गर्छिन् । त्यही फोहोरबाट उनले मोहोर बनाउने योजना सुनाइन ।

त्यसैगरेर देशनी चौधरीको पनि सपना उनको जस्तै छ । ‘यो हाम्रो लागि नयाँ अभ्यास हो । काम थालेका छौ’ उनले भनिन ‘ पछि राम्रो नै होला ।’ उनिहरुले त्यो ठाउँमा तरकारी खेती समेत गर्दै आएका छन् । टमाटर, खुर्सानी, भान्टा, आलु र अन्य तकारीहरु गर्दै आएका छन् । खेति गर्नको लागि स्वान संस्थाले सहयोग गर्दै आएको छ । पछाडि पारिएका महिलाहरुको आर्थिक, सामाजिक तथा सास्कृति अधिकार प्रर्वद्धनको लागि सस्थाले विगतदेखि नै काम गर्दै आएको छ । उनिहरुको लागि संस्थाले आर्थिकसँगै, विउ, विजन र प्राविधिक सहयोग गर्दै आएको संस्थाका कार्यक्रम संयोजक रेमन्त चौधरीले बताए । हामीले विगतदेखि नै उहाहरुको आर्थिक सुधारको लागि पहल गर्दै आएका छौ । त्यो अनुसार सहयोग गर्ने गरेका छा’ उनले भने ‘ विगतको तुलनामा केही सुधार समेत देखा परेको छ ।’

यसैविच जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको टोलीले महिलाहरुले सञ्चालन गरेको तकारी खेती, गड्यौला खेती र बगुरपालन व्यवासयको अनुगमन समेत गरेको छ ।नयाँ कामको सुरुवात भएको छ । यो कामले यहाँका महिलाहरुको आर्थिक सुधार आउने देखिएको छ’ जिल्ला समन्वय समितिका प्रमुख नेपालीले भने । प्रमुख नेपालीले कृषक महिलासँग व्यवसाय, बजारीकरण र समस्याका बारेमा छलफल समेत गरेका थिए । टोलीले सो गाउपालिका ५ को बाँकीमा गरेको बगुर पालन व्यवासायको पनि अनुगमन गरेको थियो । पेमदया चौधरीले १३ वटा बगुर पालेकी छिन् । व्यवसाय राम्रो भएको र आर्थिक सुधार भैराखेको समेत बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*