Home / Feature Breaking news / कृषि अनुसन्धान कृषकमा नपुगेको भन्दै मन्त्री खनालको असन्तुष्टि

कृषि अनुसन्धान कृषकमा नपुगेको भन्दै मन्त्री खनालको असन्तुष्टि

काठमाडौं,१६ मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले कृषि क्षेत्रमा भएको अनुसन्धान कृषकमाझ नपुगेको भन्दै कृषि अनुसन्धान परिषद् नार्कप्रति असन्तुष्टि जनाएका छन् ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाँकेको प्रथम चौमासिक प्रगती समिक्षा गोष्ठिमा बोल्दै मन्त्री खनालले नार्कको प्रगतीबाट पाँच प्रतिशत मात्र सन्तुष्ट रहेको भन्दै नार्कलाई आफ्ना कृयाकलापमा परिवर्तन गर्न आग्रह गरे ।

‘नार्कका कर्मचारीप्रति मेरो कुनै गुनासो छैन, तर तपाईका कृयाकलापबाट म सन्तुष्ट छैन, मन्त्री खनालले भने, ‘कृषि क्षेत्रको अनुसन्धान समान रुपमा फैलाउने काम हुन सकेन, बजेट नभएर, भिजन नभएर हो वा नेतृत्वको लडाई रु त्यो मलाई थाहा छैन तर बनाउने भन्दा भत्काउने काम भयो ।’

नार्कको अनुसन्धान आवश्यकताअनुसार किसानसँग नजोडिएको र किसानको घरमा नपुग्दा राष्ट्रलाई पनि फाइदा नपुगेको मन्त्री खनालको भनाई छ । कि त हामीसँग प्रयाप्त श्रोत साधान र प्रयोगशाला नभएको भनेर हात झिक्न पर्यो, होइन भने फाइदा के ? भन्दै खनालले प्रश्न गरे ।

आवश्यकता अनुसार कृषि अनुसन्धान फैलाउन नसक्नुको कारण पेश गर्न पनि मन्त्री खनालले निर्देशन दिएका छन् । नार्कमा रहेका पेशागत युनियनप्रति पनि मन्त्री खनालले आक्रोस पोखे । युनियनले हरेक कुरामा हस्तक्षेप गर्न खोजेको र सबै निर्णय आफैले गर्न खोज्ने हो भने मन्त्री, मन्त्रालय र सरकार किन चाहियो भन्दै उनले प्रश्न गरे ।

प्रविधिलाई कुराले नभई व्यवहारले किसानसँग जोड्न भन्दै उनले अनुसन्धानलाई केन्द्रीत गरी राज्यको आखाँमा ल्याउन आग्रह गरे । मन्त्री खनालले जभाभवी बाली लगाएर अनुदान माग्ने मात्रै परिपाटी बढेको भन्दै त्यसलाई पनि परिवर्तन गर्न किसानसँग आग्रह गरेका छन् । ‘अनुसन्धान विनाका जथाभावि भाली लगाएर फाइदा हुँदैन’, खनालले भने, ‘अनि असफलता लाग्छ र बाली लगाउन छोड्छन्, त्यसले फाइदा भन्दा घाटा बढी हुन्छ ।’

यसैबीच बाँकेको खजुरामा रेन आउट सेल्टर सञ्चालनमा ल्याइएको छ । घाम पानीबाट विउलाई बचाउने प्रविधि रेन आउटको कृषि मन्त्री खनालले उद्घाटन गरेका हुन् । ६६ लाखको लगानीमा उक्त प्रविधि प्रयोगमा ल्याइएको हो । नेपालमा जनकपुर डोटी र खजुरा गरी तीन ठाउँमा यो प्रविधिको प्रयोग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*