Home / Feature Breaking news / दाङमा १६ जना जुवाडे पक्राउ

दाङमा १६ जना जुवाडे पक्राउ

घोराही, १० कार्तिक

दाङमा १६ जना जुवाडेहरु पक्राउ पेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको सक्रीयतामा उनीहरु पक्राउ परेका हुन् ।

शुक्रवार बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ उत्तर कपडादेवीमा लक्ष्मण चौधरीको घरमा जुवा चलिरहेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटीएको प्रहरी टोलीले नगद ४० हजार १ सय ५५ रुपैया नगद र तीन गड्डी ताससहित पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ल प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

यसअघी विहीवार जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले घोराही ३ भैसकुरमा सरद थापाको घरमा जुवा खेलिरहेको अवश्थामा नगद १ लाख ३५ हजार सहित ७ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरि शर्मा पोखरेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*